काठमाडौं- अफगानिस्तानको सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या भएको छ। दुई महिला न्यायाधीशहरू एउटै सवारीमा अदालत आइरहेको बेला गोली हानी हत्या भएको अदालतका प्रवक्ताले एएफपीलाई बताएको उल्लेख गरिएको छ।
हालै मात्र अमेरिकाले अफगानिस्तानमा रहेका सेना हटाउने निर्णय गरेको थियो। अफगानिस्तानका उपराष्ट्रपतिले बिबिसीलाई गत हप्ता दिएको अन्तर्वार्तामा पहिलेदेखि नै अस्थिर रहेको र अमेरिकी सेना हटेपछि थप हिंसाको आशंका भएको बताएका थिए।
माहिला न्यायाधीशमाथि प्रहार भएको र गोली लागेर उनका सवारी चालक पनि घाइते भएका छन्। घटना राजधानी काबुलको कला ए फतुल्लाह इलाकामा भएको थियो।
अहिलेसम्म यसको जिम्मेवारी कसैले पनि नलिएको बिबिसीमा समाचार प्रकाशन भएको छ। हत्याका लागि तालिवानप्रति आशंका गरिएको छ। तर उनीहरुले स्वीकार गरेका छैनन्।
तालिबानका प्रतिनिधि र अफगान सरकारबीचमा कतारको दोहामा शान्तिवार्ता चलिरहेको समयमा यो घटना भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।