फाइल तस्बिर
काठमाडौं- नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी प्रवृत्तिलाई रोगको संज्ञा दिएका छन्। उक्त रोगको आफूहरुले 'मेजर अप्रेसन'को तयारी गरेको बताएका छन्।
नेकपामा ओलीविरुद्ध अर्को मोर्चा बनाएर कडा रुपमा प्रस्तुत हुनु ओली प्रवृत्तिको उपचार भएको उनको भनाइ छ।
प्रचण्डले आफूलाई पनि उक्त रोग (केपी प्रवृत्ति) सर्छ कि भनेर डराएको उल्लेख गरे। ओलीलाई मेजर अप्रेसन गर्दा अरुलाई सानो प्याकेज उपचारले ठीक हुने उनको भनाइ थियो।
‘हामीलाई पनि तपाईंको रोग सर्छ कि भनेर डराएको हो। त्यसैले मेजर अप्रेसन गरेर अरुलाई प्याकेजले ठिक हुन्छ कि भनेर मेजर अप्रेसन गर्न लागेका थियौं,’ उनले भने।
केपी प्रवृत्ति कोरोनाजस्तै सरुवा रोग भएको पनि प्रचण्डले बताएका छन्। ओलीलाई उपचार गर्दा आफूलाई सरेको उक्त प्रवृत्ति सजिलै ठीक हुने आँकलन गरेको उनको भनाइ छ।
आफूहरु कुनै व्यक्तिविरुद्ध नभई पार्टीलाई कम्युनिस्ट पार्टीजस्तो बनाउन लागिपरेको बताए। उनले भने, ‘विधिमा चल्ने, पद्धतिमा चल्ने, सामूहिक सल्लाह र सुझावअनुसार अघि बढ्ने पार्टी बनाउन लागिपरेका थियौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।