काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएकाे अधिकार प्रयाेग गरेर प्रतिनिधि सभा विघटन सिफारिस गरेकाे भन्दै कांग्रेस टुलुटुलु हेरेर नबस्ने बताएका छन्।
प्रतिनिधि सभा विघटन विरूद्द शनिवार वसन्तपुरमा आयाेजित सभामा बाेल्दै उनले प्रधानमन्त्री ओलीले आफैलाई संविधान ठान्न मिल्छ? भन्दै प्रश्न पनि गरे।
उनले राष्ट्रपति, प्रधानमन्त्री, सांसद सबैले संविधानकाे पालना गर्नुपर्ने उनले बताए।
`मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ,' नेता सिंहले प्रश्न गरे, 'कांग्रेसकाे नेतृत्वमा संविधान जारी भएकाे हाे। निर्वाचित प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन।'
नेता सिंहले संविधानकाे बर्खिलापमा प्रधानमन्त्रीले गरेकाे सिफारिस राष्ट्रपतिले अनुमाेदन गर्न पाइन्छ भन्दै प्रश्न गरे। संविधानकाे पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिकाे दायित्व भएपनि राष्ट्रपति त्यसमा चुकेकाे उनकाे भनाइ थियाे।
त्यस्तै उनले सरकारले स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्दा, जनतालाई नियन्त्रण गर्ने विधेयक ल्याउँदा प्रचण्ड, माधव नेपल, झलनाथ खनाल, बाबुराम भट्टराइहरू कतै नबाेलेकाे भन्दै अहिले पार्टीमा लेनदेन नमिलेपछि बाेल्न थालेकाे बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।