चितवन- महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट जिल्ला सरकारी वकील कार्यालय, चितवन मार्फत कारागार कार्यालय, चितवनलाई कैदीबन्दीलाई अध्ययन गर्नका लागि पुस्तक हस्तान्तरण गरिएको छ।
२०७७ माघ १ गते कैदीबन्दीको अध्ययनका लागि पुस्तक हस्तान्तरण गरिएको हो।
कारागार कार्यालय, चितवनको परिसरमा आयोजित एक कार्यक्रमका बीच जिल्ला न्यायाधिवक्ता श्री महेश प्रसाद खत्री सहायक जिल्ला न्यायाधिवक्ता श्री घनश्याम घिमिरे तथा महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता श्री शिव वाग्लेले कारागार कार्यालय, चितवनका प्रमुखलाई पुस्तक हस्तान्तरण गरेका हुन्।
संस्थागत सुधारमार्फत् न्यायमा पहुँच परियोजनासँगको सहकार्यमा नेपालको संविधान, ऐन, नियमका संग्रहलगायतका साहित्य, इतिहास सहित अन्य पठनीय सामाग्रीहरू कैदी बन्दीलाई अध्ययन गर्नका लागि हस्तान्तरण गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।