काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक दिउँसो ११ बजे बस्ने भएको छ। पार्टीको कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्ने नेकपाका नेता सुरेन्द्र पाण्डेले बताए।
बैठक आज (शुक्रबार) नै सक्ने तयारी रहेको नेता पाण्डेले जानकारी दिएका छन्।
दुई भागमा विभाजन हुनुअघिको नेकपाका ४५ जना स्थायी कमिटी सदस्यमध्ये प्रचण्ड-नेपाल पक्षमा २८ जना छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।