• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भक्तपुर कार दुर्घटना : रियाको मृत्युमाथिको आशंकामा खुलेका तथ्यहरू

64x64
नारायण अधिकारी शुक्रबार, माघ २, २०७७  ०६:३०
1140x725

काठमाडौं- भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित सडकमा गत मंसिर २१ गते बा ८ च ४७५६ नम्बरको कार दुर्घटना भयो। पूर्ण रूपमा क्षति भएको कारमा सवार एक महिला रिया श्रेष्ठ भनिने विमला खत्रीको मृत्यु भएको थियो। तीन जना भने सकुशल थिए।

चालक लोकन्थली-१ बस्ने २४ वर्षीय रन्जीव कार्की, विजय देउजा र सुदीप थापा सकुशल थिए। कार पूर्णरुपमा क्षति हुँदा पनि रियाको मात्रै मृत्यु हुनु, दुर्घटनापछि चालकसहित दुई जना भाग्नुले दुर्घटना नभई नियोजित घटना हुन सक्ने आशंका पैदा भएको थियो।

रियाका श्रीमान राजु श्रेष्ठले पनि घटना शंकास्पद भएको र शारीरिक सम्पर्कपछि पोल खुल्ने डरले बनावटी दुर्घटना गराएको हुन सक्ने आशंका व्यक्त गर्दै महानगरीय प्रहरी वृत्त ठिमीमा चालक रन्जीव कार्कीविरुद्ध जाहेरी दिएका थिए।

उनले जाहेरीमा आशंका गरेका थिए, ‘म विराटनगर गएको बेला यस्तो कार दुर्घटनामा श्रीमतीको मुत्यु  हुनु, कारमा बियरका बोतल फेला पर्नु, दुर्घटनापछि चालक फरार हुनुले आशंका गर्ने ठाउँ दिएको छ। दुर्घटना हुँदा बखतको सिसी टिभी फुटेज हेर्नेदेखि शारीरिक सम्बन्ध भए/नभएको समेत जाँच गरी प्रतिवादीलाई कारबाही गरी पाऊँ।’

राजुको आशंकालाई चालक रन्जीवको बयानले शंका थप्ने काम गरेको थियो। प्रहरीसँगको बयानमा रन्जीवले रियासँग कारमै यौनसम्पर्क भएको समेत बताएका थिए। रन्जीवको बयान उदृत गर्दै प्रहरी स्रोत भन्छ, ‘कालोपुल छेउ नजिक कार साइड लगाएर सहमतिमै यौन सम्पर्क भएको रन्जीवले बताएका थिए।’

रियाका श्रीमानको जाहेरीपछि भक्तपुर प्रहरीले उक्त घटनाको अनुसन्धान सुरु गरेको थियो। प्रहरीले अनुसन्धान सकेर पुस १६ गते जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन पठाइसकेको छ। शंकास्पद भनिएको कार दुर्घटनाका तथ्य प्रहरीले अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ।  

घटना होइन, दुर्घटना 
दुर्घटनामा सडकको ६ वटा रेलिङ भत्किनु कारको अगाडिको भाग पूर्ण रुपमा क्षति हुँदा पनि कारमा चार जना सवारमध्ये रियाको मात्रै मृत्यु हुनुले दुर्घटना रहस्यमय भएको आशंका गरिएको थियो। गाडीको मेकानिकल जाँच गर्दा कारको बाँयातर्फको भाग पूर्ण रुपमा क्षति भएको, अगाडिको बर्नट पनि क्षति भएको उल्लेख थियो। बेजोडले दुर्घटना हुँदा पनि चालकलाई किन केही भएन भन्ने प्रश्न रियाका श्रीमान राजुको थियो।

तर अनुसन्धानको क्रममा भने उक्त दुर्घटना बनावटी घटना नभई दुर्घटना भएको पुष्टि गर्दै प्रहरीले फाइल सरकारी वकिलमा बुझाएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

मृतक रियाको निधारमा घाउ, नाकमा रगत, ढाडमा ददारिएको घाउ, बाँया कुममा घाउ, बाँया खुट्टाको तिघ्रामा घाउ रहेको लाश जाँच मुचुल्कामा उल्लेख थियो। अस्पतालको शव परीक्षण प्रतिवेदनमा रियाको टाउको, घाँटी, छाती, र पेटमा सख्त ठोक्किएकाले चोट लागेको उल्लेख छ। रियाको मृत्युको कारणबारे प्रतिवेदनमा लेखिएको छ, 'मल्टिपल ब्लन्ट फोर्स इन्ज्युरी टु हेड, नेक, चेस्ट एन्ड एडोमिन’। अर्थात् शरीरको विभिन्न भागमा लागेको चोटका कारण उनको मृत्यु भएको हो। 

शव परीक्षण रिपोर्टको विश्लेषण गर्दै महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी तारा थापाले सुनाइन्, ‘दुर्घटना हुँदा शरीरका विभिन्न ठाउँमा लागेको चोट नै रियाको मृत्यु कारक देखियो।’

कासाले जोडेको सम्बन्ध बाछाले टुंग्यायो
रिया विवाहित महिला थिइन्। उनका एक छोरासमेत थिए। उता प्रतिवादी बनेको रन्जीव भने अविवाहित छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण चौतारा सिन्धुपाल्चोकबाट जुगल गाउँपालिकामा फोकल इन्जिनियरमा पदमा करार सेवामा कार्यरत थिए रन्जीव। कासाले जोडेको विगत दुई वर्षअघि देखिएको उनीहरुको सम्बन्ध एउटा बाछोमा गएर टुंगिएको छ।

करिब दुई वर्ष अघि दरबारमार्गस्थित कासा लन्चमा जाँदा रन्जीवको रियासँग भेट भएको थियो। पहिलो भेटमै उनीहरुले मोबाइल नम्बर समेत आदनप्रदान गरेका थिए। ‘त्यसपछि फोन र ह्वाटस् एपमा समेत हाम्रो कुराकानी हुन थाल्यो। बेलाबखत भेटघाट पनि हुन्थ्यो,’ प्रहरी समक्ष बयानमा रन्जीवले भनेका छन्, ‘मंसिर १९ गते रियाले म भोलि लोकन्थली आउँछ तँ कहाँ छस् भनिन्। मैले आउनुभन्दा आधा घण्टाअघि फोन गर्नु भनेँ।’

मंसिर २० गते दिउँसो १२ बजेतिर लोकन्थली चोकमा रियालाई रिसिभ गर्न रन्जीव बा ८ च ४७५६ नम्बरको कार लिएर पुगे। रियासँगै अन्य दुई जना महिला पनि पुगेका थिए। रियाले त्यतिबेला एकजना आफ्नो बहिनी र एक जना दिदीको छोरी भएको बताएकी थिइन्। कारमा सबैजना घुम्न नगरकोट गए।

‘बसपार्क नजिकको होटलमा हामीले तुम्बा, सुकुटी र चिकेन खायौं। रिया र मेरो त्यही बस्ने कुरा थियो। उनीसँगै आएका बहिनी भोलिपल्टै बुटवल जानुपर्ने भएपछि ठमेल गएर बस्ने भन्दै नगरकोटबाट बाहिरिएका थियौं,’ रन्जीवको बयानमा उल्लेख छ।

कासाले जोडेको विगत दुई वर्षअघि देखिएको उनीहरुको सम्बन्ध एउटा बाछोमा गएर टुंगिएको छ।

राति ८ बजे ठमेलको एसिई होटलमा उनीहरु पुगे। त्यहीँ थिए रन्जीवका साथी विवेक कँडेल। रियाका बहिनीलाई घर पुर्‍याउनु पर्ने भएपछि रन्जीवले धुम्बाराहीसिथत रियाको कोठामा लगेर रियासहित उनीसँगै आएका अन्य दुई जनालाई लगेर छाडे।

केहीबेरमा रियाले आफू पनि आउने भन्दै रन्जीवलाई फोन गरेपछि रियालाई लिन उनी पुनः धुम्बाराही पुगे। लोकन्थलीमा रहेका रन्जीवका साथी विजय देउजाले पनि आफू ठमेल आउने बताएपछि उनलाई लिन रन्जीव लोकन्थली पुगेका थिए।

राधेराधेको एक क्याफेमा सुदीप थापा, विजय देउजा भेटसँग रिया र रन्जीवको भेट भयो। ‘उनीहरु तीन जनाले बियर र सिग्नेचर खाए। मैल रेडबुल खाएँ,’ रन्जीवको भनाइ छ, ‘भक्तपुरमा गेस्ट हाउस नपाएपछि ठमेल गएर बस्ने भनेर हिँड्यौं। कौशलटारको पेट्रोल पम्प नजिक पुगेपछि गाईको बाछो अगाडि आइपुग्यो। बाछो जोगाउन बाँया मोड्दा दुर्घटना भयो।’

मदिरा सेवन गरेर तीव्र गतिमा कार चलाएका कारण अचानक सडकमा बाछो आइपुग्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको निष्कर्ष छ। अचेत अवस्थाकी रियालाई अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषित गरेका थिए। रन्जीवसहित तीनै जना भने फरार भएका थिए।

पछि उनीहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो। पोस्टमार्टम रिपोर्ट, अनुसन्धान प्रतिवेदनलगायतका काजगात हेरेपछि रियाको परिवारले कुनै शंकास्पद घटना नभई दुर्घटना भएको भन्दै मिलापत्र समेत गरेको थियो। दुवै पक्षको मिलापत्र पश्चात चालक रन्जीव रिहा भएको एसपी थापाले बताइन्।

जिल्ला प्रशासन कार्यालयमार्फत् ५ लाख २५ हजार रुपैयाँ र चालक रन्जीवका तर्फबाट क्षतिपूर्ति बापत ६ लाख २५ हजार रुपैयाँ गरी साढे ११ लाख रुपैयाँ रियाको छोराको पढाइका खातामा जम्मा गरिदिने सहमति भएको थियो।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
दीपक भट्टको शंकास्पद कारोबारमाथि सीआईबीको एक्सन, थप चार जना पक्राउ मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा मंगलबार, भदौ ९, २०८३
नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्