काठमाडौं- नेपाल लाइभ डटकमको सम्पादकमा रामेश्वर बोहरा नियुक्त भएका छन्। हेल्प पब्लिकेसन प्रालिले बिहीबार, १ माघमा बोहरालाई सम्पादक नियुक्त गरेको हो।
बिहीबार आयोजित स्वागत कार्यक्रममा पब्लिकेसनका प्रकाशक अनिल न्यौपानेले सम्पादक बोहराको सम्पादकीय नेतृत्वमा नेपाल लाइभले नयाँ उचाइ हासिल गर्ने विश्वास लिएको बताए।
त्यस अवसरमा नवनियुक्त सम्पादक बोहराले नेपाल लाइभले आर्जन गरेको विश्वसनीयतालाई अझ उचाइमा पुर्याउन हरसम्भव प्रयास गर्ने बताए।
दुई दशकदेखि पत्रकारितामा सक्रिय बोहरा खोज पत्रकारितामा दक्खल राख्छन्। पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर बोहरा यसअघि हिमाल खबरपत्रिका साप्ताहिक र हिमालखबर डटकमको समाचार सम्पादक रहिसकेका छन्।
त्यस्तै, हेल्प पब्लिकेसन अन्तर्गतकै स्वास्थ्य खबर डटकमको कार्यकारी सम्पादकमा कल्पना पौडेल नियुक्त भएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।