काठमाडौं- नेकपाका दुवै पक्षले स्थायी कमिटी बैठक बोलाएका छन्। ओली पक्षको स्थायी कमिटी बैठक पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ। केन्द्रीय कमिटी बैठकपछि ओली पक्षको पहिलो स्थायी कमिटी बैठक बिहान ११ बजेदेखि जारी रहेको एक स्थायी कमिटी सदस्यले बताए।
नेकपाका ४५ जना स्थायी कमिटी सदस्यमध्ये ओली पक्षका १६ जनामात्रै स्थायी कमिटी सदस्य छन्। यस्तै नेकपा नेपाल–प्रचण्ड पक्षको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बोलाएको छ।
बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ। नेपाल–प्रचण्ड पक्षका स्थायी कमिटी सदस्य २८ जना छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।