अर्मेनिया- अर्मेनियाका राष्ट्रपति अर्मेन सर्किसीयनलाई अकस्मात अस्पताल भर्ना गरिएको छ। कोरोना सङ्क्रमित सर्किसीयनलाई निमोनियाको समस्या बढेपछि अस्पताल भर्ना गरिएको हो।
राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा उनको अवस्था पहिलाभन्दा जटिल भएको पुष्टि गर्दै निमोनिया भएको उल्लेख गरिएको छ।
‘राष्ट्रपति सर्किसीयनलाई कोरोना सङ्क्रमण भएको थियो, उनलाई अहिलेसम्म निवासमै उपचार गराइएको थियो। तर अहिले समस्या बढेकाले अस्पताल लगिएको हो,’ वक्तव्यमा लेखिएको छ।
उच्च ज्वेरो र दोब्बर निमोनिया भएकाले राष्ट्रपति सर्किसीयनको अवस्था जटिल भएको वक्तव्यमा लेखिएको छ। राष्ट्रपति कार्यालयले उनी यही जनवरी ५ तारिखका दिन कोरोना संक्रमित भएको पुष्टि भएको जनाएको छ।
उनी बेलायतको राजधानी लण्डन गएका बेला सङ्क्रमित भएको राष्ट्रपति कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन्। राष्ट्रपति सर्किसीयन नयाँ वर्ष र बिदा मनाउन परिवारसहित लण्डन गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।