काठमाडौं- इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले अनलाइनबाट रिचार्ज गर्दा ४ हजारसम्म छुट हुने अफर ल्याएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै अनलाइन रिचार्ज गर्दा २ हजार ८१६ देखि ४ हजार १३० सम्म नगद छुट र २ महिनासम्म बोनस अफर ल्याइएको जनाएको हो।
ग्राहकले एक वर्षको शुल्क एकमुष्ठ अनलाइन मार्फत भुक्तानी गर्दा जम्मा रकमको २० प्रतिशत छुट पाउँछन् भने, २ महिनाको प्लस बोनस सेवा उपलब्ध हुनेछ।
त्यस्तैगरी ६ महिनाको रिचार्ज शुल्क भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत डिस्काउन्ट पाउनुका साथै १ महिनाको बोनस सेवा पाउने छन्। तीनमहिनाको प्याकेजमा रिचार्ज गर्दा ग्राहकले १० प्रतिशत डिस्काउन्ट पाउनेछन्। १ महिनाको रिचार्ज गर्दा ५ प्रतिशत छुट पनि दिइने कम्पनीले जनाएको छ।
कोरोनाका कारण ग्राहक सुरक्षालाई ध्यान दिँदै 'महाछुट अफर' नाम दिएर अनलाइन भुक्तानीमा छुट योजना ल्याइएको कम्पनीले जनाएको छ।
साधरण शुल्कमा राउटर एक्सचेन्ज पनि गर्न सक्ने र सेवा रिफर गरे बोनस उपलब्ध गराउने कम्पनीको योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।