काठमाडौं–एनसेलले फास्ट फरवार्ड लाईफ नयाँ अभियानको थालनी गरेको छ। कोरोना महामारीको प्रभाव तथा यसले सिर्जना गरेको असहज परिस्थितिलाई आत्मसाथ गर्दै नव साान्यीकरणका साथ अगाडी बढ्न यो अभियान थालनी गरेको एनसेलले जनाएको छ।
एनसेलले सोमबार साँझ एक सर्ट फिल्म आफ्नो सामाजिक सञ्जाल पेजहरु मार्फत सार्वजनिक गरेर यो अभियान थालनीको घोषणा गरेको छ। ‘डिजिटलका साथ अब अगाडि बढौं’ ट्यागलाइन रहेको ‘फास्ट फरवार्ड लाइफ’ अभियान एनसेलले आफ्नो ब्रान्ड सार ‘आज, भोलि सधैंसँगै’अनुरुप सञ्चालन गरेको हो।
यसमा कसरी डिजिटल पावर अर्थात सेवा, सुविधाले जीवन यापन सहज बनाउँदै छिटो अघि बढ्न सकिन्छ भनेर दखाइएको छ। कोरोनाको प्रभाव पश्चात डिजिटल सेवा तथा सुविधाका महत्व र प्रयोग बढेको छ।
कोभिड-१९ प्रतिकार्यमा सुरुवाती चरणबाटै तदारुकताका साथ कार्य गर्दै आएको एनसेलले यसअघि ‘अनपज’अभियान सञ्चालन गरेको थियो‚ जसअन्तर्गत कम्पनीले महिलाका लागि विषेश ‘गो सिम’ र ‘एनसेल जबसप’ र ‘एनसेल अडियो क्लास’ जस्ता नवीन सेवाहरु सञ्चालनमा ल्याएको थियो। साथै लकडाउनले दिएका सिकाइ, अनुभव, नव सामान्यीकरण, कोभिड संकटका बेलामा कसरी भविष्यको पुनःकल्पना गर्दै अगाडि बढ्न सकिन्छ भनेर ‘मुभिङ अहेड’ वेबीनार सेरिज आयोजना गरेको थियो।
नयाँ अभियानको घोषणा पछि पनि एनसेलले ग्राहकका लागि डिजिटल पावरबाट लाभ लिन सकिने खालका सेवा तथा सुविधाहरु ल्याउने आशा गरिएको छ। लकडाउनका बेलामा आफ्ना विभिन्न सेवाहरुका शुल्कमा विषेश राहत प्रदान गर्दै निर्वाध रुपमा सञ्चार सेवामा पहुँच र प्रयोगका लागि योगदान गरेको एनसेलले लकडाउनपश्चात पनि ग्राहकका लागि विविध अफरहरु ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।