काठमाडौं- सिभिल बैकले गत आर्थिक वर्षको मुनाफा तथा जगेडा कोषबाट ८ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। बैंकको ३२५ औ सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो।
बैंकले घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट पारित भए पछि साधारणसभामा पेश गर्नेछ। साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्ने छन्।
बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा लभांश बढाएको छ। लाभांश घोषणा गर्न बाँकी रहेकाले बैंकको शेयर केही दिनदेखि लगातार बढिरहेको थियो। सोमबार बैंकको शेयर मूल्य २१३ रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।