भक्तपुर- स्वतन्त्र निर्माण कालिगढ सङ्घको तेश्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन शनिबार सम्पन्न भएको छ।
जगदम्बा स्टिल्सका नेसनल सेल्स मेनेजर पदम प्रसाईंको प्रमुख आतिथ्यमा भएको उक्त सभा सङ्घका अध्यक्ष रामशरण बरुवालको सभापतित्वमा भएको थियो।
सभामा रिद्धिसिद्धि सिमेन्टका म्यानेजर अनुज महत, आयोजक सङ्घका रामकृष्ण बखुन्छेँ, सत्यराम सुकुभटु, कृष्णप्रसाद कर्माचार्य, आरजु पाण्डेलगायतले बोलेका थिए।
सभाले रामकृष्ण बखुन्छेको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचितसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।