• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २१, २०८३ Sat, Nov 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अन्तर पार्टी निर्देशनमा प्रचण्ड-नेपालमाथि ओलीका ७ आरोप

64x64
नेपाल लाइभ सोमबार, पुस २७, २०७७  १८:१९
1140x725

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली पक्षले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षलाई विभिन्न  ७ आरोप दोहोर्याएका छन्। अन्तर पार्टी निर्देशन (अपानि)मा अध्यक्ष ओलीले प्रचण्ड-माधवसहित उक्त पक्षमाथि आरोप लगाउँदै नयाँ अभियान सहित अघि बढ्नुपरेकाे बताएका हुन्। 

ओली पुस २२ गते जारी गरेको अन्तर पार्टी निर्देशनमा आफूले प्रतिनिधी सभा विघटन गर्नुको सान्दर्भिकता दर्शाउने क्रममा उनीहरुमाथि आरोप दोहोर्‍याएका हुन्। उनले सरकारलाई कामै गर्न नदिएको, पार्टीमा गुटबन्दी गरेर अप्ठ्यारो पारेको र पार्टी विभाजन गर्न अनेक प्रपञ्च गरेको उल्लेख गरेका छन्।

१. सरकारको विरोध- ओलीले प्रचण्ड–नेपालले प्रतिपक्षलाई समेत उछिनेर सरकारको विरोधमा उत्रिएको बताएका छन्। प्रचण्ड नेपाललाई कहिले मुलक बाहिर गएर सरकार लामो समय जाँदैन भन्ने सन्देश दिने कहिले संसदमा देश डुब्न लाग्यो भनेको र कहिले  अन्य ढ‌ंगले विरोध गरेर अस्थिर बनाउने गतिविधिहरुमा सक्रिय भएको बताएका छन् । उनले भनेका छन्, 'प्रचण्ड-नेपाल पक्षको काधमा आएको एतिहासिक अभिभारालाई बहन गर्नेगरी पार्टीलाई सामाजिक आर्थिक रुपान्तरणको संवाहक बनाउन छाडेर पार्टी संयन्त्रलाई नै सरकारको विरोधमा दुरुपयोग गर्ने दुस्ष्प्रयास गरे।'

२. घेराबन्दी- मंसिर ४ ०७६ मा दुई अध्यक्षको कार्यविभाजनपछि कार्यकारी अध्यक्ष प्रचण्डले अन्तरविरोधको सकारात्मक समाधान खोज्ने, असन्तुष्टिको  सम्बोधन गर्ने, पार्टीलाई एकतालाई सुदृढ गर्नेभन्दा केन्द्रीय सचिवालयमा आफ्नो गुटको स्थायी समिकरण निर्माण गरी प्रधानमन्त्री विरुद्ध घेराबन्दी गरेको ओलीले आरोप लगाएका छन्। कोर अफ लिडरसिप भनिने केन्द्रीय सचिवालयमा सदस्यहरुले आफ्नो स्वविवेक, स्वतन्त्र विचार र सिर्जनात्मक छलफल बहसमा सहभागी हुने वातावरण नै नबनेको अपानिमा उल्लेख छ। सचिवालय खास ठाउँमा आयोजित गुटगत भेलामा गरिएका कथित निर्णयहरूलाई अनुमोदन गर्ने, अन्यथा अन्त्यहीन कचिब्गल र विवादको थलो बन्न पुगेको बताइएको छ।

३. क्षमतावान मन्त्री हटाउन दबाब- यसअघि मन्त्रिपरिषद पुनर्गठन हुँदा प्रचण्डले प्रधानमन्त्रीलाई अप्ठ्यारो पार्ने मनसाय प्रस्तुत गरेको बताइएको छ। प्रचण्डको मनशाय पुनर्गठनको बहानामा मन्त्रिपरिषद्का वरिष्ठ र क्षमतावानहरूलाई हटाउने, पार्टी एकताका लागि भूमिका खेलेकाहरूलाई मन्त्री परिषदमा सामेल नगर्ने, पञ्छाउने र प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्ने देखिएको अपानिमा उल्लेख छ। भनिएको छ, 'यहाँसम्म कि  रिक्त मन्त्रालयमा पदपूर्ति गरेर अन्योल हटाउने विषयमा भएको सहमतिलाई पछि प्रचण्डले विरोध गरेको ओलीले दाबी गरेका छन्।'  

Ncell 2
Ncell 2
nimb
nimb

४. अभियोग पत्र पेश– गत कात्तिक २८ गते सचिवालय बैठकमा प्रचण्डले अप्रत्यासित रुपमा विना कुनै पूर्व सूचना अभियोग पत्र पेश गरेको ओलीले बताएका छन्।अभियोग–पत्र भाषिक हिसाबले असाध्यै अमर्यादित, शैलीको हिसाबले अत्यन्त अशिष्ट र पूर्वाग्रही एवं विषय–बस्तुका हिसाबले विभाजनकारी, विध्वंसात्मक र पार्टीभित्रको मित्रवत् अन्तरविरोधलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदल्ने खालको भएको उल्लेख गरेका छन्। अभियोग पत्र आफ्नो पार्टी अध्यक्ष विरुद्ध मात्रै होइन,  पार्टी विधान मुलुकको संविधान र कानुन आकर्षित हुनेगरी फौजदारी प्रकृतिका आरोप लगाइएको बताएको छ। प्रचण्डले अभियोगपत्रलाई पार्टी केन्द्रीय कार्यालय र लोगोको दुरुपयोग गर्दै राष्ट्रव्यापी वितरण गरेर पार्टीमा विभाजनको आगो सल्काउने काम ओलीको आरोप छ।

५. मुख्य नेतृत्वको निन्दा– बैठक बस्नै कठिन बसिहाले कतिपय नेताहरुको काम केबल सरकारको विरोध र मुख्य नेतृत्वको निन्दा गर्ने मात्रै काम भएको ओलीको आरोप छ। उनले भनेका छन्, 'बैठकका लागि कार्यसूची निर्धारण, निर्णय प्रस्ताव तयारी निर्धारित समयमा बैठक सकाउने कार्यतालिका बन्दैन । कि बैठक बस्नै नसक्ने, बसेमा पनि अत्यन्त अव्यवस्थित, अमर्यादित र परिणामविहीन अवस्थामा पुगेपछि बैठकको समय त्यसै खेर गयो।'

६. अविश्वास प्रस्ताव– प्रचण्ड नेपाल पक्षले अविश्वास प्रस्ताव ल्याएर आफूलाई हटाउन खोजेको बताएका छन् । पार्टी र संसदका संरचनाहरू आफ्ना निजि स्वार्थ केन्द्रीत महत्वाकांक्षाका लागि सहयोगी बन्ने संभावना नदेखेपछि अँध्यारो कोठामा बसेर फर्जी हस्ताक्षर सहितको अविश्वासको प्रस्ताव तयार गर्न र संसदमा दर्ता गर्न उद्धत भएको अपानिमा उल्लेख छ।  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

७. नेतृत्त्व कब्जा गर्ने प्रयास– सके पार्टी र सरकारको नेतृत्व कब्जा गर्ने, नभए पार्टी विभाजन गर्ने प्रचण्डको विभाजनकारी र विध्वंशकारी मनशाय वर्तमान अवस्था आउनुमा मुख्य जिम्मेवार रहेको आरोप लगाइएको छ। पार्टी नेतृत्व परिवर्तनका लागि ४ महिनापछि हुने महाधिवेशन कुर्न नसक्ने र प्रधानमन्त्री परिवर्तनका लागि अर्को जनादेश पर्खिन नसक्ने प्रचण्डको अन्तर्निहित अलोकतान्त्रिक चरित्रले यस्तो अवस्थाका लागि निर्णायक भूमिका खेलेको उल्लेख गरिएको छ। प्रचण्डले राजनीतिलाई पद, पैसा र परिवारको हितका रुपमा मात्रै बुझ्ने स्वार्थी चिन्तनल देखिएको पनि अपानिमा छ।

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  १८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने
विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ : अर्थमन्त्री
प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशविरुद्धका उजुरी, संसदीय सुनुवाइ समितिमा छलफल
सम्बन्धित सामग्री
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले जारी गरेको विज्ञप्तिमा डा. केसीको स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको... शुक्रबार, कात्तिक २०, २०८३
प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशविरुद्धका उजुरी, संसदीय सुनुवाइ समितिमा छलफल मितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूलाई आमन्त्रण गरी उजुरीकर्तासँग छलफ... शुक्रबार, कात्तिक २०, २०८३
उम्मेदवार छनोटमा रास्वपाले जारी गर्‍यो कडा निर्देशन , मनोमानी र समानान्तर गतिविधि गर्न नपाइने आयोगले निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण गतिविधि पार्टी विधान, स्वीकृत कार्यविधि र आधिकारिक निर्देशनअनुसार मात्र... शुक्रबार, कात्तिक २०, २०८३
ताजा समाचारसबै
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ : अर्थमन्त्री शुक्रबार, कात्तिक २०, २०८३
प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशविरुद्धका उजुरी, संसदीय सुनुवाइ समितिमा छलफल शुक्रबार, कात्तिक २०, २०८३
पोखराको लगातार चौथो हार,प्लेअफको सम्भावना न्यून शुक्रबार, कात्तिक २०, २०८३
एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रमा २४ घण्टा उजुरी दिन सकिने शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
बालेनका सुरक्षा सल्लाहकार कार्की सरकार विरुद्ध सर्वोच्च अदालतमा बिहीबार, कात्तिक १९, २०८३
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
प्रधानन्यायाधीशले बाेलाएकाे फुल काेर्ट बैठकमा के भयाे? शुक्रबार, कात्तिक १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्