काठमाडौं- नेपाली सेनाको शान्ति मिसन कंगोमा खटिएका सैनिक जवान नवराज माझीमाथि भएको कुटपिटको घटना सार्वजनिक गर्ने एक सिपाहीलाई सेवाबाट बर्खास्त गरी ६ महिना कैद सजाय सुनाइएको छ।
कुटपिटको घटना मिडियामा सार्वजनिक गरेको आरोपमा एक जवानलाई सैनिक अदालतले भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी बर्खास्त गर्नुका साथै ६ महिना कैद सजाय सुनाइएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए। अदालतले पुस १६ गते यस्तो फैसला गरेको हो।
नेपाली सेनाले जारी गरेको मिडिया नीति र सामाजिक सञ्जालसम्बन्धी आचारसंहिता उल्लघंन गर्ने जवानलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी बर्खास्त र ६ महिना कैद गरेको हो।
उक्त घटनामा ९ जनालाई सजाय भएको छ। तीमध्ये ३ जना अधिकृत छन्। ३ जना अधिृकतको १ वर्ष बढुवा रोक्का गरिएको छ। उनीहरुलाई सैनिक व्यक्तिलाई कुटपिट र दुर्व्यहार गरेको अभियोगमा १ वर्ष बढुवा रोक्का गरिएको प्रवक्ता पौडेलले जानकारी दिए।
नेपाली सेनाले जारी गरेको मिडिया नीति र सामाजिक सञ्जालसम्बन्धी आचारसंहिता उल्लघंन गर्ने एक जनालाई दुई वर्ष बढुवा रोक्का, २ जना अन्य दर्जालाई एक वर्ष बढुवा रोक्का र २ जनालाई नसिहत दिइएको हो। नसिहत दिइएका दुईमध्ये एक जना कुटाई खाने माझी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।