• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डेढ करोडको 'नेक्सस' सुन तस्करीसम्म, प्रहरीको हतारले प्रमाण गायब

दुई पक्राउ, एक फरार
64x64
नारायण अधिकारी आइतबार, पुस २६, २०७७  १८:४५
1140x725
करिब डेढ करोडसहित नागढुंगाबाट पक्राउ परेका गुप्ता र थारूलाई सार्वजनिक गर्दै प्रहरी। तस्बिर : नेपाल प्रहरी

काठमाडौं- महानगरीय प्रहरी प्रभाग नागढुंगाले गत सोमबार बिहान साढे ४ बजेतिर १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गर्‍यो। स्रोत नखुलेको उक्त रकमसहित भारतको गोरखपुरस्थित घण्टाघर घर भएका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुको बाँडगंगा नगरपालिका-४ का २२ वर्षीय संगम थारू पक्राउ परेका थिए।

प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको कारका चालक थारू हुन् भने गुप्ता उक्त रकम लिएर काठमाडौं आएका ‘भरिया’ हुन्। कार जाँच गर्ने क्रममा कारको डिक्कीमा स्पेयर टायरमुनि र कारकै अन्य भागमा लुकाएर राखेको अवस्थामा ३ वटा झोला प्रहरीले बरामद गरेको थियो। झोलाबाट प्रहरीले १ करोड ४७ लाख र गुप्ताको साथबाट ८६ हजार बरामद भएको थियो।

प्रहरीले बरामद गरेको उक्त रकमसहित थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठायो। विभागले सुरु गरेको अनुसन्धानमा उक्त रकमको सम्बन्ध भने अवैध सुन खरिदमा प्रयोग हुन लागेको देखिएको छ। विभागले गरेको एक साताको अनुसन्धान प्रगति नेपाल लाइभलाई सुनाउँदै विभागका एक अधिकारीले भने, ‘यो रकमको नेक्सस अवैध सुन खरिदसम्म देखिएको छ। हामी अनुसन्धान गर्दैछौं।’

विभाग स्रोतका अनुसार उनीहरूका साथबाट बरामद भएको मोबाइलमा सुन कारोबारको विवरण, सुनको फोटोसमेत भेटिएको छ। 

गुप्ता र थारू पक्राउ परेकै दिन सोमबार महानगरीय प्रहरी परिसर काठमाडौंले दुवै जनालाई विभागमा बुझाएपछि विभागले उनीहरूसँग सोधपुछ गरेको थियो। सोमबार राति १२ बजेतिर भने उनीहरूले उक्त रकम सुन खरिदका लागि आएको विभागलाई बताएका थिए। गुप्ताको मोबाइलमा भएको सुनको विवरण र उनको बयान मेल खाएको थियो। 

No photo description available.
बरामद भएको रकम। तस्बिर : नेपाल प्रहरी

‘चालक थारूले आफूलाई केही थाहा नभएको बताए। भारतीय नागरिक गुप्ताले राती १२ बजेतिर उक्त रकम सुन खरिदका लागि आएको 'क्लू' दिए,’ विभाग उच्च स्रोतले भन्यो।

पक्राउ परेका गुप्ता पैसा र सुन बोक्न प्रयोग भएका भरिया मात्रै भएको हालसम्मको विभागको अनुसन्धानले देखाएको छ। उक्त रकम कहाँबाट आयो? कसलाई दिने? र कोबाट सुन लिने भन्नेसम्म गुप्ता जानकार भएको अनुसन्धानबाट खुलेको छ। 

अवैध सुन खरिद गरेर स्थलमार्ग हुँदै भारत लैजाने उनीहरूको योजना देखिएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ। यो घटना भएसँगै नेपालमा अवैध सुनको कारोबार जारी रहेको निष्कर्ष विभागले निकालेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

000

तीन महिनाअघि असोज २७ गते राजस्व अनुसन्धान विभागले एक सुनचाँदी व्यवसायीले मात्रै दुई वर्षमा साढे २ अर्ब बराबरको सुन तस्करी गरेको भन्दै मुद्दा दायर गरेको थियो।

विभागले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ स्थित सोनी गोल्ड एन्ड सिल्भर प्रालिका सञ्चालक सुनील सुनारविरुद्ध उच्च अदालत तुल्सीपुर, बुटवलमा मुद्दा दायर गरेको थियो। उनले पछिल्लो दुई वर्ष अवधिमा सुनचाँदीको भन्सार छली चोरी पैठारी तथा निकासी गरी २ अर्ब ३९ करोड, ५५ लाख १५ हजार ९ सय ४३ रुपैयाँ बराबरको राजश्व चुहावट गरेको विभागको अनुसन्धानले देखाएको थियो। 

बुटबल उपमहानगरपालिका–११ स्थित चौराहाबाट सुनारको कारभित्र बोरामा लुकाएर राखेको नगद र उनको साथमा रहेको मोबाइल असार ३० गते बरामद भयो । मोबाइलमा अवैध सुनको कारोबारका विवरण भेटिएपछि त्यसतर्फ अनुसन्धान गर्दा ठूलो मात्रामा सुन तस्करी भएको पाइएको थियो। 

अहिले पक्राउ परकोहरूमाथि अनुसन्धान गर्दा पनि उक्त रकमको नेक्सस अवैध सुन खरिदका लागि देखिएपछि नेपाललाई ट्रान्जिट बनाउँदै सुन तस्करी हुने क्रम जारी रहेको प्रहरी र विभागको अनुसन्धानले देखाएको छ।

प्रहरीको हतारले प्रमाण गायब, एक फरार
सोमबार झन्डै डेढ करोड रुपैयाँसहित दुई जना पक्राउ परेको केही बेरमै महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मलेन गरेर जानकारी गराएको थियो। प्रहरीको यो कदमले प्रमाण नै नष्ट भएको विभागले आरोप लगाएको छ। विभाग उच्च स्रोतले भन्यो, ‘डेढ करोड बरामद भएपछि प्रहरीले हतार गरेर पत्रकार सम्मलेनमार्फत् सार्वजनिक गर्‍यो। पत्रकार सम्मलेन संदिग्ध व्यक्तिका लागि भने प्रमाण नष्ट गर्ने उचित मौका बन्यो।’

प्रहरीले रकमसहित दुवै जनालाई सार्वजनिक गरेपछि सम्पत्ति शुद्धीकरण विभाग पठाइएका उनीहरूले बयानका क्रममा पैसा पठाउने व्यक्ति र पैसा लिने व्यक्तिको नाम लिएका थिए। त्यसपछि विभागले प्रहरीकै समन्वयमा कपिलवस्तुको कृष्णनगरबाट पैसा पठाउने एक जनालाई ४४ लाख रुपैयाँसहित पक्राउ गरेको थियो।

पैसा बुझ्ने व्यक्तिलाई पनि प्रहरीले काठमाडौं बत्तिसपुतलीबाट पक्राउ गर्न सफल भयो। तर एक जना भने अझसम्म पनि फरार छन्। ‘काठमाडौंबाट बाबुछोरा नै पक्राउ गर्नुपर्ने थियो। छोरा भागिसकेपछि बाबुलाई मात्रै पक्राउ गर्न सफल भयौं,’ विभाग स्रोतले नेपाल लाइभसँग भन्यो, ‘पक्राउको विवरण प्रहरीले गोप्य रोखेको भए सायद बाबुछोरा नै पक्राउ पर्थे।’

काठमाडौंबाट पक्राउ परेका व्यक्तिले सबै प्रमाण नष्ट गरिसकेको विभागको अनुसन्धानबाट खुलेको बताइएको छ। ‘काठमाडौंबाट पक्राउ गरेका व्यक्तिको बत्तिसपुतलीमा आलिसान घर छ। पक्राउ परेका दुई जना प्रहरीले सार्वजनिक गरेपछि उनले आफ्नो मोबाइल, ल्यापटप, आइप्याडलगायत सबै विद्युतीय उपकरणबाट सुन कारोबार खुल्ने विवरण हटाइसकेका रहेछन्। अझ घरमा भएका सामानसमेत उनले अन्यत्र सारेको पाइयो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने।

प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १८:४५
  • #नागढुंगा
  • #सुनतस्करी
  • #दुई-पक्राउ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका-९ क... आइतबार, साउन १०, २०८३
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ शुक्रबार राति करिब ११:०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्द... शनिबार, साउन ९, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन्... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्