काठमाडौं- काठमाडौंको कुपण्डोलमा अवस्थित विध ल्याबमा अब कोरोना भाइरसविरुद्धको एन्टिबडी परीक्षण हुने भएको छ। यो सेवा आइतबारबाट सुरुवात भएको ल्याबले जानकारी दिएको छ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको लक्षण कतिपयलाई नदेखिन सक्ने भन्दै ल्याबले कोरोना संक्रमण भएको हुन सक्ने सम्भावित अवस्थालाई हेरेर एन्टिबडी परीक्षण गर्ने भएको हो। थाहा नै नभई शरीरमा एन्टिबडी बनेको हुनसक्ने चिकित्सकहरुले बताएका छन्।
यसअघि कोरोना परीक्षण गराउँदै आएको यस ल्याबले शरीरमा एन्टिबोडी बनेको छ भने खोपको लागि हतार गर्नु नपर्ने सुझावसमेत दिएको छ। शरीरमा कोरोना भाइरसविरुद्धको एन्टिबडी बनेको छ कि छैन भन्ने विषय पनि एन्टिबोडी जाँचपछि थाहा पाइने ल्याबले बताएको छ।
ल्याबले एन्टिबडी परीक्षणको शुल्क १ हजार रुपैयाँ तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।