काठमाडौं- बजाज मोटरसाइकलको नेपालका लागि आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले डोमिनार २५० को सार्वजनिक गरेको छ। कम्पनीले देशभर रहेको डिलरबाट डोमिनार २५० को बिक्री सुरु गरेको जनाएको छ।
२४८.८ सिसी क्षमताको यो मोटरसाइकल सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी एफआई इन्जिनमा उपलब्ध छ। उक्त इन्जिनले अधिकतम ८५ सय आरपिएममा २७ पिएस पावर र ६५ सय आरपिएममा २३.५ एनएम टर्क दिन्छ। यो मोटरसाइकलमा ६ स्पिड म्यानुयल गियरबक्स छ।
बजाज डोमिनार २५० को बजार मूल्य ४ लाख ८९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ। कम्पनीले बजाज डोमिनार २५० मा डोमिनार ४०० मा उपलब्ध अधिकांश विशेषता समावेश गरेको छ। यसमा सबै लाइट एलइडी प्रयोग गरिएको छ। सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्यांक, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथै फ्युल ट्याङककम अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प उपलब्ध रहेको छ।
ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट, सिटको मुनी लगेज ट्रयाप, युएडी फर्क, जस्ता मुख्य विशेष छन्। यसका साथै यसमा स्लिपर क्लच, डबल च्यानल एबिएस जस्ता समेत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।