काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको वार्षिक साधारण सभा आगामी फागुन २१ गते हुने भएको छ। भौतिक रुपमै साधारण सभा गर्न जिल्ला प्रशासन कार्यालय स्वीकृति दिएको नाडाले जनाएको छ।
उक्त साधारण सभामा नाडाको विधान संशोधन हुने भएको छ। देश संघीय संरचनामा भएकाले सोही अनुरुपमा संगठन संरचना बनाउन नाडाले विधान संशोधन गर्न लागेको हो। यसका लागि नाडा कार्यसमितिले विधान संशाधन कमिटी नै बनाएर विभानमा संशोधन गर्नुपर्ने विषयबारे टुंगो लगाइसकेको छ।
दुईसाताअघि पोखरामा भएको विधान संशोधन कमिटीको बैठकले सातै प्रदेशमा नाडाको प्रतिनिधित्व हुनेगरी विधानमा व्यवस्था गर्न सुझाव दिएको थियो। साधारण सभा गर्न जिल्ला प्रशासन कार्यालयले स्वीकृति दिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुनिल रिजालले जानकारी दिए।
आइतबार जिप्रका काठमाडौंले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड पुरा गरी साधारण सभा गर्ने अनुमति दिएको उनले बताए। नियमित साधारण सभा भएको रिजालको भनाइ छ। साधारण सभा २१ फागुनमा याक एन्ड यती होटलमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।