काठमाडौं–नेकपा केन्द्रीय सदस्य एवम् पूर्व सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री केपी ओलीले आफ्नो आलोचना सहन नसकेर राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको बताएकी छन्। प्रधानमन्त्री ओलीले आइतबार आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाई राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेका हुन्।
‘‘प्रतिनिधि सभा नभएपछि राष्ट्रिय सभामा जीवन्त बहस भईराखेको थियो। त्यो मुलतः जनताको पक्षमा थियो। त्यसलाई पनि फेस गर्न सक्नु भएन। उहाँहरु डिफेन्सिभ हुनुभयो’ पूर्व सभामुख घर्तीले भनिन्, ‘अब उहाँहरुले चाहेर पनि सक्नुहुन्न। सत्य कुरा जहाँबाट बाहिर आएरै छाड्छ। सत्य भनेको सत्य नै हुन्छ बहसबाट भाग्न कसैलाई छुट छैन। उहाँहरु बहसबाट भाग्नुभयो ।’
जनताले सत्य कुरा थाहा पाउँछन् भनेरै प्रधानमन्त्रीले राष्ट्रय सभाको अन्त्य गरेको घर्तीको भनाइ छ। ‘प्रधानमन्त्रीले राष्ट्रिय सभाको हिउँदे अधिवेसन किन, खोल्नुभयो? ’ घर्तीले प्रश्न गर्दै भनिन्, ‘के भएन र अधिवेसन अन्त्य गर्नुभयो ? सत्य कुरा जनताले थाहा पाउँने भएर हो? सत्य कुरा जनताले थाहा पाए के हुन्छ? उहाँहरुलाई खतरा हुने भयो हैन त ?’
प्रधानमन्त्रीले एकपछि अर्कोे गर्दै जनताको मुख थुन्ने काम गरेको घर्तीले टिप्पणी गरिन्। सरकारले गत पुस १७ गते राष्ट्रिय सभाको हिउँदे अधिवेसन बोलाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।