डडेल्धुरा–डडेल्धुरामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धनगढीबाट अछामका लागि हिँडेको ना ६ ख ३८१७ नम्बरको ट्रक डडेल्धुराको अमरगढी नगरपालिका ११ सल्लाघारीमा दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले दुर्घटनामा कैलालीको गेटाका अन्दाजी ३५ वर्षीय चालक ओमप्रकाश पन्तको मृत्यु भएको बताए।
ट्रकका सहचालक बाजुराको बडिमालिका नगरपालिका ५ का १८ वर्षीय मदन साउद घाइते भएको उनले बताए। ट्रक सडकबाट २ सय ५० मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।