• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २, २०८३ Tue, Jun 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

64x64
नेपाल लाइभ आइतबार, पुस २६, २०७७  ०८:४३
1140x725

चितवन–मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन जडान तीव्र रुपमा अघि बढाएको छ। संघीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन विस्तार गरी लोथरसम्म पुर्‍याउने लक्ष्यसहित काम सुरु भएको नेपाल आयल निगमले जनाएको छ।

‘अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनलाई अगाडि बढाउनेबारे अध्ययन भइरहेको छ’, नेपाल–भारत पाइपलाइन ज्वाइन्ट अध्ययन ग्रुप नेपालतर्फका संयोजक वीरेन्द्र गोइतले भने, ‘लोथरसम्म पाइपलाइन विस्तार कसरी गर्ने, त्यसमा कति खर्च लाग्छ भन्नेबारे अध्ययन तथा छलफल भइरहेको छ।’

मोतिहारीबाट अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइपलाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिनेछ र यसका लागि नेपाल तथा भारत सरकारबीच आपसी समझदारीपश्चात सर्भे सकिएपछि संयुक्त कार्यदलले डिपिआर कार्ययोजना मोडालिटीसम्बन्धी काम गरिरहेको छ । लोथरमा एक लाख किलोलिटर पेट्रोलियम भण्डारण हुने बताइएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

यसअघि २०७६ भदौदेखि भारतको मोतिहारीबाट सो पाइपलाइनमार्फत अमलेखगञ्जस्थित निगमको डिपोमा डिजेल ल्याउने गरेकामा अब एक वर्षभित्र सोही पाइपलाइनमार्फत् पेट्रोल ल्याउने गृहकार्य सुरु भएको एनओसी प्रदेश–२  प्रादेशिक कार्यालयका प्रमुख भरत रेग्मीले बताए।

‘निगमको सञ्चालक समितिले मोतिहारीबाट पेट्रोल पनि ल्याउने स्वीकृति दिएपछि सो काम अगाडि बढाउन भारतीय आयल निगम (आइओसी) सँग सो सम्बन्धमा काम अगाडि बढाउन अनुरोध गरिएको छ’, प्रादेशिक प्रबन्धक रेग्मीले भने, ‘४२–४२ लाख लिटर पेट्रोल भण्डारण गर्ने क्षमताका दुईवटा पेट्रोल ट्याङ्की अमलेखगञ्ज डिपोमा तयार भइरहेको छ।’ नेपाल सरकारको १२० करोड भारतीय रुपैयाँको लागतमा निर्माण भइरहेको सो पाइप लाइनमा अन्तर्राष्ट्रिय गुणस्तरको पाइप जडान गरिएको छ भने निर्माण भइरहेको पेट्रोल ट्याङ्कमा स्वचालित मेसिनबाट जाँच गर्ने खालको हुनेछ।

आइओसीले भारतको मोतिहारीमा भर्टिकल ट्याङ्क निर्माण सुरु गरेको छ। यता अमलेखगञ्जस्थित एनओसीलेको कार्यालयमा पेट्रोल आपूर्ति गर्नका लागि आवश्यक पर्ने पूर्वाधारको काम अगाडि बढाइएको छ। सो कार्यालय हाताभित्र पश्चिमतर्फ रहेको छ बिघा क्षेत्रफलमा रहेको खाली जग्गामा आवश्यक काम हुनेछ भने सो जग्गाको नक्सापास, लागत अनुमान तथा माटो परीक्षणसमेत भइसकेको छ । आयोजना निर्माणको कागजी प्रक्रिया अन्तिम चरणमा पुगेको छ। त्यसपछि बोलपत्र आह्वान गरी निर्माण सुरु गरिने बताइएको छ । हाल सो पाइपबाट भारत विहारको राजधानी पटनामा पम्पिङ गरेर अमलेखगञ्ज डिपोमा डिजेल आउने गरेको छ। मोतिहारीमा पेट्रोल ल्याउने काम सम्पन्न भएपछि त्यहीबाट पम्पिङ गरेर पेट्रोल पनि ल्याइनेछ। प्रतिघण्टा तीन लाखदेखि चार लाख लिटरसम्म पेट्रोल आपूर्ति गर्न सकिनेछन् ।

पाइप लाइनबाट पेट्रोल आपूर्ति हुन थालेपछि टयाङ्करबाट गर्ने ढुवानीमा खर्चको बचत हुने, प्राविधिक नोक्सानीको अन्त्य हुने, शुद्धता कायम हुने, चुहावट र मिसावट अन्त्य हुने, प्रदूषण तथा वातावरणमा हुने क्षतिको अन्त्य हुने, भन्सार नाकामा हुने टयाङ्करको चापसमेत अन्त्य हुने तथा पेट्रोलको अभाव पनि अन्त्य हुने विश्वास प्रादेशिक प्रमुख रेग्मीले लिएका छन् ।

भारतको मोतिहारीबाट रक्सौल अमलेखगञ्जसम्म नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइनबाट अहिले डिजेल आउने गरेको छ । नेपालको लाइफलाइनको रूपमा रहेको भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्बाइको सो पाइप लाइनबाट पेट्रोल ल्याउने सम्पूर्ण काम पूरा भएपछि प्राविधिक जाँच गरी एक वर्षभित्रै सञ्चालनमा आउने एनओसी अमलेखगञ्ज कार्यालयले जनाएको छ। अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भई सञ्चालनमा आएपछि पश्चिमी तथा उत्तरी नेपालमा पेट्रोलियम पदार्थको अभाव समाप्त भएर जाने विश्वास लिइएको छ। रासस

प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  ०८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्रीलाई महरको व्यंग्य- अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्ने कुरामा प्रधानमन्त्रीलाई विश्वास छैन
मन्त्री लम्साललाई बासनाको प्रश्न- जिम्मेवारीमा बसेर भौतिक कारबाही गर्छु भन्ने ?
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
सम्बन्धित सामग्री
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति सोमबार भएको भेटमा चीनले आफ्नो छिमेक कूटनीतिमा नेपालसँगको सम्बन्धलाई सधैँ महत्त्वपूर्ण स्थानमा राखेको चिनियाँ विदेशमन्त्री वाङले बताए... मंगलबार, असार २, २०८३
सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा काठमाडौँमा रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगी कसुरमा शनिबार पक्राउ परेका साह आइतबार हाजिरी जमानीमा रिहा भएका हुन्। मंगलबार, असार २, २०८३
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार चन्द्रागिरि नगरपालिका–९, देउराली देवीस्थानमा पहिरो गएका कारण सतुङ्गल–चित्लाङ सडक खण्ड पूर्ण र... मंगलबार, असार २, २०८३
ताजा समाचारसबै
अर्थमन्त्रीलाई महरको व्यंग्य- अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्ने कुरामा प्रधानमन्त्रीलाई विश्वास छैन मंगलबार, असार २, २०८३
मन्त्री लम्साललाई बासनाको प्रश्न- जिम्मेवारीमा बसेर भौतिक कारबाही गर्छु भन्ने ? मंगलबार, असार २, २०८३
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ मंगलबार, असार २, २०८३
‘मन्त्री लम्सालले दिएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति कानुन विपरीत हो’ -सांसद यादव मंगलबार, असार २, २०८३
रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता सोमबार, असार १, २०८३
पहिलोपटक विश्वपकमा सहभागी भएको कुराकाओलाई जर्मनीले ७–१ गोलले हरायो सोमबार, असार १, २०८३
शिक्षक सरुवामा कडाइ सोमबार, असार १, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्