काठमाडौं- गीतकार भैरवनाथ रिमालको निधन भएको छ। ८६ वर्षीय रिमालको शनिबार निधन भएको हो।
रिमाल स्मरण शक्ति कमजोर हुने अल्जाइमर्सको समस्याबाट केही समय अघिदेखि पीडित थिए। पछिल्लो समय उनमा मिर्गौलामा पनि समस्या देखिएको थियो।
१९९२ साल माघ ३ गते जन्मिएका रिमालले ५ सयभन्दा बढी गीत रचना गरेका छन्।
रिमालको अन्तिम संस्कार शनिबारै पशुपति आर्यघाटमा गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।