• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

१० वर्षमा भित्रियो पौने तीन खर्बको सुन

64x64
नेपाल लाइभ शनिबार, पुस २५, २०७७  ११:४५
1140x725

काठमाडौं–नेपालमा १० वर्षको अवधिमा २ खर्ब ८२ अर्ब रुपैयाँको सुन आयात भएको छ। नेपाली बजारमा सबैभन्दा महंगो धातुको रुपमा रहेको सुनको आयात धेरै हुन थालेपछि राष्ट्र बैंकले ८ वर्षदेखि कडाइ गरेको छ। तर पनि अर्बौं रुपैयाँको सुन भित्रिँदै आएको छ। 

सुनचाँदी व्यवसायीहरुले भने १० वर्ष अवधिमा सुन आयातको कोटा दुई गुणाले मात्रै बढाइनु न्यायसंगत नभएको बताउँदै आएका छन्। सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनार सुनचाँदीको व्यवसायलाई अनावश्यक दुःख दिने काम भएको बताउछन्। महासंघको शुक्रबार सम्पन्न नवौं वार्षिक साधारण सभामा मन्तव्य दिने क्रममा उनले सुनचाँदी व्यवसायलाई दुखः दिने मात्रै काम भएकाले आवश्यक ऐन कानुन ल्याउन सरकारसँग अनुरोध गरे। 

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चितीमा असर गरेको भन्दै आर्थिक वर्ष २०६६ देखि कोटा निर्धारण गर्दै आएको छ।  बजारको मागको चक्रलाई विश्लेषण नगरी कोटा मात्रै निर्धारण गर्दा व्यवसायीहरु मर्कामा परेको अध्यक्ष सुनारको भनाइ छ। उनले भने, ‘सिजनमा दैनिक ४० किलोसम्म सुन खपत हुने गरेको छ। तर बैंकहरुले २० किलोमात्रै आयात गर्ने गरेका छन्।’

मागको चक्र अनुसार बैंकहरुले आयात गर्ने सुनको परिणामलाई पनि संसोधन गर्न उनले नेपाल राष्ट्र बैंकलाई अनुरोध गरे। उनले भने, ‘बिक्ने बेलामा बैंकले सुन आयात नगर्ने, नबिक्ने वेलामा सुन आयात गरेर व्यवसायीले खरिद नगरेको भन्दै आरोप लगाइने गरिएको छ।’ बैंकहरुका कारण व्यवसायीहरुलाई बदनाम गराउन खोजेको उनले आरोप लगाए।

सुन आयातमा कोटा प्रणाली कायम रहेसम्म सुनको आपूर्ति सीमित हुने भएकोले यसको पहुँच सुन सिफारिस गर्ने तीन वटा महासंघका सदस्यबीच मात्रै हुने भएकाले बजारको वास्तविक मागलाई सम्बोधन गर्न वैकल्पिक सुन आपूर्तिको व्यवस्था गर्न आवश्यक रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियेशरत्न शाक्य बताउछन्। 

Ncell 2
Ncell 2

सुनचाँदीमा अत्याधिक आयात भई शोधानान्तर बचतमा दबाब बढेको भन्दै २०६६ मा सरकारले वाणिज्य बैंकहरुबाट मात्रै कोटा प्रणालीअन्तर्गत आयात गर्ने व्यवस्था गरेको थियो। सुरुवाती वर्षमा प्रतिदिन १५ किलोको कोटा निर्धारण गरिएको थियो। २०७४ सम्म प्रतिदिन २० केजी आयात गर्ने गरि संसोधन गरिएको थियो। कोरोनाको विश्वव्यापी प्रभाव बढ्न थालेसँगै नेपाल राष्ट्र बैंकले २०७६ चैतदेखि २० किलोको कोटाबाट १० किलोमा झारेको छ। तर विश्व बजारमा सुनको भाउ अत्याधिक बढ्दा नेपाली बजारमा माग छैन। 

यसरी कोटा निर्धारण गर्दा माग अनुसार सुन नपाइने भएकाले कालोबजारी मौलाउने गरेको व्यवसायीहरु बताउछन्। ठूला व्यवसायीले अफ सिजनमा पनि किनेर मौज्दात गर्न सक्ने तर साना व्यवसायीले मौज्दात गर्न नसक्ने भएकाले कालोबजारी मौलाउने गरेको उपाध्यक्ष शाक्यको विश्लेषण छ। प्रायः बैंकहरुले सुनको कारोबार गर्दा एक किलोभन्दा माथिको मात्रै कारोबार गर्ने भएकाले साना व्यवसायीले समस्या भोग्दै आएका छन्। अर्कोतर्फ बैंकबाट सुन आयात गर्दा झण्झटिलो कागजी प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ।  सुनचाँदी व्यवसायको कच्चा पदार्थको रुपमा रहेको सुनको आयातमा सरकारले आवश्यक ऐन नियम नै बनाएर नियमन गर्नु पर्ने अध्यक्ष सुनारको तर्क छ। 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दा नेपाली बजार भने सुनसान भएको विश्लेषक तेजरत्न शाक्य बताउछन्। विवाहको सिजनमा समेत विगतका वर्षमा जस्तो यस वर्ष कारोबार हुन नसकेको शाक्यले बताए। यसले गर्दा व्यवसाय सञ्चालनमै चिन्ता थपिएको उनी बताउछन्। कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको छ। अमेरिकाको संघीय रिजर्भ बैंकले व्याजदर घटाएर ०.२५ प्रतिशत बनाएकाले गर्दा लगानीकर्ताको प्रतिफल घट्न गयो। यसबाट लगानीकर्ताको ध्यान सुन बजारमा गएको हो। 

अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनको भाउ थप बढिरहेको छ। अर्कोतर्फ सुनको कारखाना चल्न नसक्दा उत्पादन घटिरहेको छ। यसले बजारमा आवस्यक आपूर्ति धान्न सकिरहेको छैन। एकाएक ८० हजार रुपैयाँको सुन एक लाख पुग्दा उपभोक्ता सबैभन्दा मारमा परेका छन्। अर्कोतर्फ एक लाखभन्दा माथिको सुन ९० हजारको हाराहारीमा झर्दा व्यवसायीहरु मर्कामा पर्ने गरेका छन्। सुनको मूल्य उच्च अंकले बढ्दा व्यवसायीको किन्न सक्ने क्षमता घटेकाले नेपालमा सुन चाँदी व्यवसाय नै धरापमा परेको शाक्य बताउछन्। 


 
 

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, पुस १७, २०८२
पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा राजश्व संकलन १ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ। अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले प्... मंगलबार, पुस १५, २०८२
ह्वात्तै घट्यो सुनचाँदीको भाउ मंगलबार सुनको भाउ ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो शुक्रबार, पुस १८, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी : मृतकको संख्या ४० पुग्यो शुक्रबार, पुस १८, २०८२
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्