• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

१० वर्षमा भित्रियो पौने तीन खर्बको सुन

64x64
नेपाल लाइभ शनिबार, पुस २५, २०७७  ११:४५
1140x725

काठमाडौं–नेपालमा १० वर्षको अवधिमा २ खर्ब ८२ अर्ब रुपैयाँको सुन आयात भएको छ। नेपाली बजारमा सबैभन्दा महंगो धातुको रुपमा रहेको सुनको आयात धेरै हुन थालेपछि राष्ट्र बैंकले ८ वर्षदेखि कडाइ गरेको छ। तर पनि अर्बौं रुपैयाँको सुन भित्रिँदै आएको छ। 

सुनचाँदी व्यवसायीहरुले भने १० वर्ष अवधिमा सुन आयातको कोटा दुई गुणाले मात्रै बढाइनु न्यायसंगत नभएको बताउँदै आएका छन्। सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनार सुनचाँदीको व्यवसायलाई अनावश्यक दुःख दिने काम भएको बताउछन्। महासंघको शुक्रबार सम्पन्न नवौं वार्षिक साधारण सभामा मन्तव्य दिने क्रममा उनले सुनचाँदी व्यवसायलाई दुखः दिने मात्रै काम भएकाले आवश्यक ऐन कानुन ल्याउन सरकारसँग अनुरोध गरे। 

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चितीमा असर गरेको भन्दै आर्थिक वर्ष २०६६ देखि कोटा निर्धारण गर्दै आएको छ।  बजारको मागको चक्रलाई विश्लेषण नगरी कोटा मात्रै निर्धारण गर्दा व्यवसायीहरु मर्कामा परेको अध्यक्ष सुनारको भनाइ छ। उनले भने, ‘सिजनमा दैनिक ४० किलोसम्म सुन खपत हुने गरेको छ। तर बैंकहरुले २० किलोमात्रै आयात गर्ने गरेका छन्।’

मागको चक्र अनुसार बैंकहरुले आयात गर्ने सुनको परिणामलाई पनि संसोधन गर्न उनले नेपाल राष्ट्र बैंकलाई अनुरोध गरे। उनले भने, ‘बिक्ने बेलामा बैंकले सुन आयात नगर्ने, नबिक्ने वेलामा सुन आयात गरेर व्यवसायीले खरिद नगरेको भन्दै आरोप लगाइने गरिएको छ।’ बैंकहरुका कारण व्यवसायीहरुलाई बदनाम गराउन खोजेको उनले आरोप लगाए।

सुन आयातमा कोटा प्रणाली कायम रहेसम्म सुनको आपूर्ति सीमित हुने भएकोले यसको पहुँच सुन सिफारिस गर्ने तीन वटा महासंघका सदस्यबीच मात्रै हुने भएकाले बजारको वास्तविक मागलाई सम्बोधन गर्न वैकल्पिक सुन आपूर्तिको व्यवस्था गर्न आवश्यक रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियेशरत्न शाक्य बताउछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सुनचाँदीमा अत्याधिक आयात भई शोधानान्तर बचतमा दबाब बढेको भन्दै २०६६ मा सरकारले वाणिज्य बैंकहरुबाट मात्रै कोटा प्रणालीअन्तर्गत आयात गर्ने व्यवस्था गरेको थियो। सुरुवाती वर्षमा प्रतिदिन १५ किलोको कोटा निर्धारण गरिएको थियो। २०७४ सम्म प्रतिदिन २० केजी आयात गर्ने गरि संसोधन गरिएको थियो। कोरोनाको विश्वव्यापी प्रभाव बढ्न थालेसँगै नेपाल राष्ट्र बैंकले २०७६ चैतदेखि २० किलोको कोटाबाट १० किलोमा झारेको छ। तर विश्व बजारमा सुनको भाउ अत्याधिक बढ्दा नेपाली बजारमा माग छैन। 

यसरी कोटा निर्धारण गर्दा माग अनुसार सुन नपाइने भएकाले कालोबजारी मौलाउने गरेको व्यवसायीहरु बताउछन्। ठूला व्यवसायीले अफ सिजनमा पनि किनेर मौज्दात गर्न सक्ने तर साना व्यवसायीले मौज्दात गर्न नसक्ने भएकाले कालोबजारी मौलाउने गरेको उपाध्यक्ष शाक्यको विश्लेषण छ। प्रायः बैंकहरुले सुनको कारोबार गर्दा एक किलोभन्दा माथिको मात्रै कारोबार गर्ने भएकाले साना व्यवसायीले समस्या भोग्दै आएका छन्। अर्कोतर्फ बैंकबाट सुन आयात गर्दा झण्झटिलो कागजी प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ।  सुनचाँदी व्यवसायको कच्चा पदार्थको रुपमा रहेको सुनको आयातमा सरकारले आवश्यक ऐन नियम नै बनाएर नियमन गर्नु पर्ने अध्यक्ष सुनारको तर्क छ। 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दा नेपाली बजार भने सुनसान भएको विश्लेषक तेजरत्न शाक्य बताउछन्। विवाहको सिजनमा समेत विगतका वर्षमा जस्तो यस वर्ष कारोबार हुन नसकेको शाक्यले बताए। यसले गर्दा व्यवसाय सञ्चालनमै चिन्ता थपिएको उनी बताउछन्। कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको छ। अमेरिकाको संघीय रिजर्भ बैंकले व्याजदर घटाएर ०.२५ प्रतिशत बनाएकाले गर्दा लगानीकर्ताको प्रतिफल घट्न गयो। यसबाट लगानीकर्ताको ध्यान सुन बजारमा गएको हो। 

Xtrem
Xtrem

अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनको भाउ थप बढिरहेको छ। अर्कोतर्फ सुनको कारखाना चल्न नसक्दा उत्पादन घटिरहेको छ। यसले बजारमा आवस्यक आपूर्ति धान्न सकिरहेको छैन। एकाएक ८० हजार रुपैयाँको सुन एक लाख पुग्दा उपभोक्ता सबैभन्दा मारमा परेका छन्। अर्कोतर्फ एक लाखभन्दा माथिको सुन ९० हजारको हाराहारीमा झर्दा व्यवसायीहरु मर्कामा पर्ने गरेका छन्। सुनको मूल्य उच्च अंकले बढ्दा व्यवसायीको किन्न सक्ने क्षमता घटेकाले नेपालमा सुन चाँदी व्यवसाय नै धरापमा परेको शाक्य बताउछन्। 


 
 

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्