काठमाडौं- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालक समितिको अध्यक्षमा जरिन दारुवाला नियुक्त भएकी छिन्। बैंकको ४०७ औँ सञ्चालक समितिको बैठकले जरिन दारुवालालाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो। यसअघि बैंकको सञ्चालक समितिको अध्यक्षमा जितेन्दर अरोरा थिए।
बैंकको प्रमुख शेयरधनीमा स्ट्याण्डर्ड चार्टर्ड ग्रिण्डियाजको ४६.८१ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंक युकेको २३.४० प्रतिशत शेयर स्वामित्व रहेको छ। बैंकको सञ्चालक समिति तथा उच्च व्यवस्थापनमा उनिहरुको प्रतिनिधि हुने गरेका छन्। साथै बैंकको सञ्चालक समितिको अध्यक्षमा पनि उनिहरूकै प्रतिनिधि रहने गरेको छ।
बैंकले शुक्रबार ३४ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। बैंकले गत वर्षको मुनाफाबाट ४.८४ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस सेयरको प्रस्तावलाई पारित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।