काठमाडौं- स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई करिब ४ करोड वार्षिक तलबभत्ता सुविधा प्रदान गरेको छ। सिइओ अनिर्वाण घोष दास्तीदारले तलब भत्ता तथा बोनस सुविधावापत गत आर्थिक वर्ष २०७६/७७ मा ३ करोड ९८ लाख रुपैयाँ बुझेका हुन्।
उनले गत आर्थिक वर्षमा तलब तथा बोनस बापत २ करोड ८७ लाख रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै उनले अन्य विभिन्न सुविधाबापत एक करोड १० लाख रुपैयाँ लिएका छन्।
दास्तिदारले गत वर्ष तलब भत्ता तथा अन्य सुविधा लिँदा राज्यलाई कर मात्रै एक करोड ९२ लाख रुपैयाँ बुझाएका छन्। राज्यलाई कर तिरेर उनको हातमा भने २ करोड ५ लाख रुपैयाँ प्राप्त गरेका छन्।
बैंकका कर्मचारीले तलब भन्दा बोनस बढी प्राप्त गरेका छन्। बैंकको लेखापरीक्षण प्रतिवेदनअनुसार गत वर्ष कर्मचारीहरुले ३० करोड ९४ लाख रुपैयाँ तलब बुझेका छन्। उनीहरुले तलब भन्दा धेरै ३१ करोड ५२ लाख रुपैयाँ बोनस प्राप्त गरेका छन्। यस बाहेक उनीहरूले विभिन्न सेवा सुविधा प्राप्त गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।