काठमाडौं- नेपालका लागि जेसिबी ब्रान्डका निर्माण तथा हेभी उपकरणहरुको आधिकारिक बिक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई सहज फाइनान्सिङको सुविधा दिन शुक्रबार मेगा बैंक लिमिटेडसँग सम्झौता गरेको छ। जेसिबी इन्डिया लिमिटेडका कन्ट्री हेड विरेन्दर भारद्वाजको उपस्थितिमा एमएडब्लू अर्थमुभर्सका तर्फबाट अध्यक्ष विष्णुकुमार अग्रवाल र मेगा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
‘आजको सहमतिपछि दुवै संस्थाले ग्राहकको हितलाई ध्यानमा राखेर देशभर फैलिएका आफ्ना शाखाहरुमार्फत सेवा प्रदान गर्नेछौं,’ एमएडब्लू अर्थमुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, ‘यो साझेदारीपछि ग्राहकलाई उत्कृष्ट सेवाप्रदान गरेर सन्तुष्ट बनाउने साझा लक्ष्य हासिल गर्न हामी सक्षम हुनेमा विश्वस्त छौं।’ हेवी इक्युपमेन्टमा जेसिबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको कम्पनीको दाबी छ।
जेसिबी इन्डिया लिमिटेडका कन्ट्रि हेड विरेन्दर भारद्वाजले एमएडब्लू अर्थमुभर्स जेसिबीको सर्वोत्कृष्ट डिलरमध्ये पर्ने बताए। ‘नेपाली बजारको मागलाई ध्यानमा राखेर सहज र शक्तिशाली मेसिनहरु र विक्रीपछिको सेवा उपलब्ध गराएकै कारणले एमएडब्लू अर्थमुभर्स उत्कृष्ट डिलर बन्न सफल भएको हो,’ उनले भने, ‘नेपालका सडक, हाइड्रो, सिमेन्ट र खानीमा ठूलो सम्भावना भएको विकासशील मुलुक भएकाले पूर्वाधार विकासको कार्य तीव्र गतिमा अघि बढिरहेको छ।’ यस्तोमा जिसिबीका इक्युपमेन्टले सहयोग पर्याउने उनको भनाइ छ।
निर्माण तथा हेभी उपकरण व्यापारमा रिटेल फाइनान्सिङको महत्व धेरै हुन्छ। मेगा बैंकसँगको नयाँ साझेदारीले देशको विभिन्न भागमा रहेका जेसिबीका ग्राहकलाई गुणस्तरीय सेवा एमएडब्लू पुर्याउने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।