नयाँ दिल्ली- स्वर्गीय बलिउड अभिनेता इरफानका जेठा छोरा बाबिल खानले आफ्ना पिताको जन्मदिन पारेर एक भावुक पोस्ट सेयर गरेका छन्। बाबिलले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै भावुक शब्द लेखेका हुन्।
उनले लेखेका छन्, ‘तपाईंले कहिल्यै विवाह र जन्मदिनजस्ता सेलिब्रेसनसँग हामीलाई परिचत गराउनुभएन। शायद त्यही भएर होला मलाई कसैको जन्मदिन याद हुँदैन।’
‘कहिल्यै तपाईंले मेरो जन्मदिन याद गर्नुभएन र मलाई पनि तपाईंको जन्मदिन सम्झन उत्साहित गराउनुभएन‚’ बाबिल लेख्छन्, ‘यो हाम्रा लागि सामान्य कुरा थियो, बाहिरका मान्छेसँग किन बेतुकका कुरामा लागिरहनु। हामी हरेक समय सेलिब्रेट गर्थ्यौं।’
यस अवसरमा आमाले हामी दुईलाई याद दिलाउनैपर्छ भन्दै बाबुलले लेखेका छन्‚ ‘तर यो पटक मैले निकै कोशिस गरे पनि तपाईंलाई भुल्न सकिन।’
बाबिल अगाडि लेख्छन्, ‘आज तपाईंको जन्मदिन हो, बुबा। चिच्याएर सबै अयोग्य आमा बुबालाई भन्छु, ध्यान देऊ, कसैले पनि तिमीलाई याद गर्छु भन्दै छाडेर जाँदैनन्।’
भिडियोमा इरफान, इरफानकी श्रीमती सुतापा र उनका दोस्रो छोरा अयानले बाबिलको याद आएको बताएका छन्।
सुतापाले भिडियोमा कुराकानी गरिरहेका बेला केही गल्ती हुन्छ। त्यही समयमा इरफान आफ्नो कान्छो छोराको क्यामरा सामु आएर बाबिलसँग कुराकानी गर्नका लागि भन्छन्। तर अयान कुरा गर्न लजाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।