काठमाडौं- उद्यमी बन्ने सोच भएकाहरूका लागि आइडिया स्टुडियोले सिजन फाइभ सुरु गरेको छ।
सिजन फाइभमा सहभागिताका लागि आगामी ७ फेब्रुअरी २०२१ सम्म आवेदन दिन सकिने स्टुडियोले बताएको छ।
स्टुडियोले मेड इन नेपाल, सोसल इम्प्याक्ट, हाई फ्लाइङ र ग्रिनोभेसन गरी विभिन्न ४ सेगमेन्टमा बिजनेस आइडिया प्रस्तुत गर्ने मौका दिने आइडिया स्टुडियोले जनाएको छ। यी सेग्मेन्टमा रहेर उत्कृष्ट आइडिया पेश गर्नेमध्येबाट डिल राउण्डमा प्रवेश गर्ने प्रतिस्पर्धीले नगद ५ लाख रुपैयाँ व्यवसाय सञ्चालनका लागि सिडमनीका रुपमा प्राप्त गर्नेछन्। यसका साथै सहभागी मध्येका ३५ जनालाई स्टुडियोले तालिमसमेत प्रदान गर्नेछ।
यसअघि विभिन्न ४ वटा सिजनहरुमा २ हजारभन्दा बढी विचारहरु प्राप्त भएका थिए। तीमध्येबाट हाल ४० वटा आइडियाहरु व्यवसायमा परिणत भएको स्टुडियोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।