काठमाडौं–कुनै समय नेपाली फिल्मका लागि चर्चित नाम थियो विपना थापा। भारतीय चिकित्सक आशुतोष भारद्धाजसँग लगनगाँठो कसेर नेपालबाट टाढिएकी उनी फिल्म क्षेत्रबाटै पनि टाढिईन्।
घरव्यवहार र छोराको हेरचाहमा समय बिताइरहेकी थापाले हालै सामाजिक सञ्जाल फेसबुकमा पतन्जली योगपीठका आचार्य बालकृष्णसँगको तस्बिर सार्वजनिक गरेकी छन्।
उनले फोटोको क्याप्सनमा आफू नेपाली भएकोमा गर्व लागेको पनि लेख्न छुटाएकी छैनन्।
बालकृष्णले उनलाई योगपीठमा फूलको गुच्छासहित स्वागत गरेका थिए। तर उनले कुन उद्धेश्यले त्यहाँ पुगेको भने खुलाएकी छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।