काठमाडौं-ग्लोबल आइएमई बैंकले स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहरु लक्षित गरी क्यासब्याक योजना ल्याएको छ।
बैंकको मोबाइल बैकिङ/ग्लोबल स्मार्ट सेवा लिई हालसम्म कुनै प्रक्रारको कारोबार नगरेका ग्राहकहरुले ग्लोबल स्मार्ट प्रयोग गरी प्रथम पटकको कुनै पनि कारोबारमा (वालेट लोड तथा मोबाइल टपअप बाहेक) ५० रुपैयाँ र क्यूआरमार्फत्को पहिलो भुक्तानीमा १०० रुपैयाँ नगद प्राप्त (क्यासब्याक)गर्न सक्ने छन्।
ग्लोबल आइएमई बैंकले ग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा राखी यस्ता विभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको छ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ् सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७३ जिल्लामा २६४ शाखा, २४० एटीएम, २४३ शाखारहित बैंकिङ् सेवा, २४ एक्सटेन्सन काउण्टर, २३ राजस्व कलेक्सन काउण्टर तथा ३ वैदेशिक प्रतिनिधि सम्पर्क कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट आफ्ना ग्राहक तथा सेवाग्राहीहरुलाई सेवा प्रदानगर्दै आएको छ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।