मुम्बई–बलिउड अभिनेत्री अनुष्का शर्माले सामाजिक सञ्जालमार्फत् आफ्नो रिस पोखेकी छन्। उनको रिस फोटोग्राफर र मिडिया हाउससँग थियो। चर्चित क्रिकेट खेलाडी विराट कोहलीसँग बिहे गरेकी अनुष्का गर्भवती भएपछि भारतीय मिडियाहरु निकै सक्रिय भएर उनको पछि लागेका छन्। त्यसको रिस उनले पोखेकी हुन्।
गर्भवती भएको समय पारेर फुर्सतको समय बिताइरहेकी उनी सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन्।
हालै उनी पति विरासँग कतै ब्रेकफाष्टका लागि गएकी थिइन्। त्यहाँ पनि फोटोग्राफरले उनीहरुको फोटो खिच्न छाडेनन्।
यो कुरा अनुष्कालाई पटक्कै मन परेन। आफ्नो व्यक्तिगत स्वतन्त्रता हनन गरेको भन्दै उनी मिडिया हाउस र फोटोग्राफरसँग बम्किइन्।
यति मात्रै हैन, अनुष्काले यी सब तुरुन्तै बन्द गर्न निर्देशन पनि दिइन्। भएको के थियो भने उनीहरु रेष्टुरेन्टमा रहेका बेला एक फोटोग्राफरले उनको अनुमतिविना फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरिदिए । फोटो निकै भाइरल पनि भयो।
त्यसपछि अनुष्काले पनि आफ्नो आवेगलाई रोक्न सकिनन् र यो सामाजिक सञ्जालमार्फत बाहिर आयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।