काठमाडौं- दक्षिण कोरियाली कार उत्पादक कम्पनी कियाले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। किया मोटर्स कर्पोरेसनले बुधबार नयाँ लोगो र ‘ब्रान्ड स्लोगन’ ‘मुभमेन्ट द्याट इन्सपायर्स’सार्वजनिक गरेको हो।
कियाले नयाँ लोगो ‘प्लान एस’ अन्तर्गतको दीर्घकालिन व्यवसायिक रणनीति २०२० अनुसार ल्याएको हो। विश्व कार बजारमा कियाले आफ्नो स्थान अझ बझबुत बनाउने लक्ष्य व्यवसायिक रणनीति २०२० मा प्लान एसमा व्याख्या गरेको थियो।
कियाले विद्युतीय सवारीलाई लोकप्रिय बनाउने र मोबिलिटी सर्भिसलाई उच्च तहमा पुर्याउने योजना कियाले अघि सारेको छ। कियाको नयाँ लोगोले परिवर्तन र इन्नोभेसनलाई कम्पनीको आइकनको रुपमा व्याख्या गरेको कियाका अध्यक्ष तथा सिइओ हो सुङ सोङले बताएका छन्।
कियाले यही जनवरी १५ मा नयाँ लोगो तथा ब्रान्ड सङ औपचारिक रुपमा सार्वजनिक गर्ने जनाएको छ। त्यस्तै सोही दिन कियाले ‘न्यू किया ब्रान्ड सोकेस’ गर्नेछ। उक्त सोकेसमा कियाले आगामी दिनमा आउने सवारी मोडल, ब्रान्डको उद्देश्य र सिद्धान्तसमेत सार्वजनिक गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।