• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

लयमा अटोबजार : भारतमा नयाँ कार पाउँन १० महिनासम्म कुर्नुपर्ने, नेपालमा असर पर्ला?

64x64
नेपाल लाइभ बुधबार, पुस २२, २०७७  १६:३५
1140x725

काठमाडौं- भारतमा कार नयाँ कार किन्न चाहने उपभोक्ताले १० महिनासम्म कुर्नुपर्नेछ। सवारी उत्पादक कम्पनीहरुले कोरोना भाइरसको संक्रमणका कारण लामो समय उत्पादन रोकेको र त्यसपछि सुरु भएको उत्पादन समेत न्यून भएकाले कार पाउन समय लागेको हो। 

निजी प्रयोजनका लागि प्रयोग हुने यातायात साधनको माग उल्लेख्य रुपमा बढेकाले कार किन्न चाहने उपभोक्ताले कार पाउन १ देखि १० महिनासम्म कुर्नुपर्ने अवस्था आएको हो। धेरै बिक्री हुने कम्प्याक्ट एसयुभीमा कार पाउन त्यति धेरै समउ कुर्नुपर्ने अवस्था भने छैन। तर साना कार मारुती अल्टो, वेगनआर, ह्याचब्याकमा मारुती स्वीफ्ट र हुन्डाई आइ ट्वान्टीसहित सेडान कार किन्न चाहने उपभोक्ताले १ देखि १० महिनासम्म कुर्नुपर्ने अवस्था रहेको द इकोनोमिक टाइम्सले लेखेको छ। 

बजार हिस्साका हिसाबले भारतको सबैभन्दा ठूलो सवारी उत्पादक मारुतीले अक्टोबरसम्म पूर्ण क्षमतामा कार उत्पादन गरेको थियो।

त्यतिबेलासम्म अल्टो, स्वीफ्ट, र वेगनआर ३/४ सातासम्म र इर्टिगाको लागि ६ देखि ८ सातासम्म कुर्नुपर्ने अवस्था थियो। 

मारुतीले डिसेम्बर २७ देखि जनवरी ३ सम्म मर्मतका लागि प्लान्टहरु बन्द गरेको थियो। कम्पनीले पूर्ण क्षमतामा उत्पादन भएपनि अहिलेको परिस्थितिबाट पार पाउन केही समय लाग्ने डिलरहरुको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

हुन्डाईले पछिल्लो ६ महिनायता क्रेटाको दैनिक उत्पादन ३ सय ४० वाट ६ सय ४० पुर्‍याएको छ। अहिले हुन्डाईको क्रेटा किन्न चाहने उपभोक्ताले ६ महिना कुर्नुपर्ने अवस्था २ देखि ३ महिनामा झरेको हुन्डाई मोटर इन्डियाका निर्देशक (उत्पादन) गणेश मणीको भनाइ छ। त्यस्तै हुन्डाईको नयाँ आइ ट्वान्टीका लागि समेत उपभोक्ताले २–३ महिना कुर्नुपर्ने अवस्था छ। हाल हुन्डाई आइ ट्वान्टी ८ देखि ९ हजार वटा मासिक उत्पादक भइरहेकोमा आवश्यक पर्दा बढाएर १२ हजारसम्म पुर्‍याउन सकिने कम्पनीको भनाइ छ।

त्यस्तैगरी कियाको सोनेट र सेल्टो किन्ने ग्राहकले समेत कार पाउन २ देखि ३ महिना कुर्नुपर्ने अवस्था रहेको छ। सवारीको माग अनपेक्षित रुपमा बढेकाले कम्पनीले मासिक २ हजारवटा कार उत्पादन गरेकोमा छोटो समयमै ३५ सय पुर्‍याउँदा समेत समयमै उपलब्ध गराउन कठिन भएको महिन्द्रा एन्ड महिन्द्राका सिइओ (अटोमोटिभ डिभिजन) विजय नक्राले बताए। महिन्द्राको हालै सार्वजनिक गरिएको थार किन्ने उपभोक्ताले २० देखि ४० सातासम्म कुर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। 

त्यस्तै निसानले अघिल्लो साता म्यागनाइटको मासिक उत्पादन २७ सयलाई बढाएर ४ हजार पुर्‍याउने निर्णय गरेको थियो। मासिक २७ सय उत्पादन गर्दा म्यागनाइट किन्ने उपभोक्ताले ६ महिना कुर्नुपर्ने थियो भने अब त्यो घटेर २ देखि ३ महिनामा झरेको निसान इन्डियाले जनाएको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नेपालमा समेत दसैंपछि कारको व्यापार उल्लेख्य रुपमा वृद्धि भएको छ। नेपाल आउने ८० प्रतिशत कार भारतमै निर्मित हुने गरेको छन्। भारतमा कार उत्पादकहरुले माग बढेका कारण उपभोक्ताले कार पाउन लामो समय कुर्नुपरेको हो। त्यसको असर नेपाली बजारमा समेत देखिन सक्छ। 

तर हालसम्म त्यस्तो असर नदेखिएको सवारी आयातकर्ताहरुको भनाइ छ। उत्पादक कम्पनीले दिएको अर्डरअनुसार नेपालमा कार उपलब्ध गराउने भएकाले तत्काल प्रत्यक्ष असर नदेखिएको एक आयातकर्ताले बताए। ‘तत्काल त्यस्तो असर नदेखिएको भएपनि भारतमा उपभोक्ताले कार पाउन महिनौं कुर्नुपर्ने अवस्था आएकाले त्यसको असर क्रमिक रुपमा नेपालमा समेत देखिनेछ,’ ती आयातकर्ताले भने, ‘तथापी नेपाल ठूलो बजार नभएकाले प्रभाव कम नै पर्न सक्छ।’

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  १६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज ३०, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्