काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहको अखिल नेपाल ट्रेड युनियन महासंघ युवा कमिटी अध्यक्षमा मुकुन्द पन्त चयन भएका छन्।
नेकपाको विभाजनसँगै प्रचण्ड-माधव समूहको महासंघले राष्ट्रिय सम्मेलन आयोजना गरी पन्तलाई अध्यक्षमा चयन गरेको हो।
सम्मेलनले महासंघ युवा कमिटी उपाध्यक्षमा सुस्मिता कट्टेललाई निर्वाचित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।