मुम्बई–बलिउड अभिनेता एवं निर्माता सञ्जय दत्त आफ्नो नयाँ फिल्म ‘केजीएफ च्याप्टर २’ को टिजर रिलिजको तयारीमा छन्।
साउथ इण्डियन फिल्मका नायक तथा निर्देशकसँग पहिलोपल्ट सँगै काम गरेका सञ्जयको फिल्मको टिजर हेर्न उनका फ्यानहरु उत्साहित छन्। फिल्मलाई दक्षिण भारतीय फिल्मका निर्देशक प्रशान्त नीलले निर्देशन गरेका छन्।
टिजरलाई जनवरी ८ मा प्रदर्शन गर्ने तयारी निर्माण पक्षले गरेको छ।
सञ्जय स्वयंले पनि फिल्म रिलिजको चाखलाग्दो पोष्टर आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन्। पोष्टरमा सञ्जयले फलामको तरबार लिएको देखाइएको छ । जसले गर्दा उनका फ्यानहरु टिजर हेर्नका लागि प्रतिक्षारत छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।