काठमाडौं- राहदानी विभागले २० लाख थान ई-पासपोर्ट छपाईको जिम्मा फ्रान्सेली कम्पनी आइडिइएमआइए आइडेन्टी एन्ड सेक्युरेटी फ्रान्स एसएएसलाई दिएको छ।
छपाईको प्रक्रिया सुरु भएसँगै सरकारले ६४ पेजको ई-पासपोर्टको हरेक पेजमा रहने नेपालको पहिचान र संस्कृति झल्कने गरी तस्बिरको छनोट गरेको छ। मन्त्रिपरिषदबाट समेत स्वीकृत भइसकेको यो व्यवस्था अब छापिएर आउने २० लाख ई-पासपोर्टमा कार्यान्वनय हुने जानकारी राहदानी विभागले दिएको छ।
कुन पेजमा केको तस्बिर?
पेज नम्बर १ मा सगरमाथा
पेज नम्बर २ मा पोलिकार्बोनेट डाटा पेज
पेज नम्बर ३ मा लुम्बिनी,
पेज नम्बर ४ र ५ मा राष्ट्रपति भवन
पेज नम्बर ६ र ७ मा एकसिंगे गैँडा
पेज नम्बर ८ र ९ मा चाँगुनारायण मन्दिर
पेज नम्बर १० र ११ मा इलामको चिया बगान
पेज नम्बर १२ र १३ मा लालीगुँरास
पेज नम्बर १४ र १५ मा पशुपतिनाथ मन्दिर
पेज नम्बर १६ र १७ मा मिथिला आर्ट
पेज नम्बर १८ र १९ मा धान रोपाइँको तस्बिर
पेज नम्बर २० र २१ मा कुमारी
पेज नम्बर २२ र २३ मा माथिल्लो मुस्ताङ
पेज नम्बर २४ र २५ मा बाघ
पेज नम्बर २६ र २७ मा जुम्लाको सिंजा उपत्यका
पेज नम्बर २८ र २९– देशय् मरू झ्या
पेज नम्बर ३० र ३१ मा जानकी मन्दिर
पेज नम्बर ३२ र ३३ मा करुवा
पेज नम्बर ३४ र ३५ मा हात्ती
पेज नम्बर ३६ र ३७ मा रानीपोखरी
पेज नम्बर ३८ र ३९ मा हनुमानढोका
पेज नम्बर ४० र ४१ मा धरहरा
पेज नम्बर ४२ मा ४३मा भुर्तिका देवल
पेज नम्बर ४४ र ४५ मा पाटन दरबार स्क्वायर
पेज नम्बर ४६ र ४७ मा पुतली
पेज नम्बर ४८ र ४९ मा बौद्धनाथ
पेज नम्बर ५० र ५१ मा भक्तपुर दरबार स्क्वायर
पेज नम्बर ५२ र ५३ मा महाकाली पुल
पेज नम्बर ५४ र ५५ मा कृष्णसार
पेज नम्बर ५६ र ५७ मा ट्रेकिङ (सगरमाथाको लुबुचे जाने क्षेत्र)
पेज नम्बर ५८ र ५९ मा रानीमहल
पेज नम्बर ६० र ६१ मा रारा ताल
पेज नम्बर ६२ र ६३ मा माथिल्लो तामाकोशी
र पेज नम्बर ६४ मा सिंहदरबारको तस्बिर
६४ पेजमा ३५ वटा तस्बिर टुंगो लगाइएको भए पनि यो सूचीमा गौतम बुद्धको नाम उल्लेख छैन। यस्तै, ५ वटा तस्बिरलाई वैकल्पिक रुपमा प्रयोग गर्न सकिने गरी सरकारले स्वीकृत गरेको छ।
मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार ई-पासपोर्टको पहिलो र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा रहनेछन्। विभागले छुटसहित २ करोड ११ लाख डलरमा २० लाख थान ई-पासपोर्ट छपाईका लागि एसएएससँग सम्झौता गरेको हो।
सम्झौता १३ महिनामा कम्पनीले नेपालाई पासपोर्ट दिनुपर्ने हुन्छ। अहिले विभागसँग साढे ४ लाखको हाराहारीमा पासपार्ट मौज्दात छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।