काठमाडौं- प्रदेश २ मा नेकपाका संसदीय दलका नेताबाट सत्यनारायण मण्डल हटाइएका छन्। पार्टीको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षले मंगलबार मण्डललाई हटाएको हो। मण्डललाई हटाउन सो पक्षले मंगलबार संसदीय दलको बैठक बोलाएको थियो।
मण्डल केपी ओली पक्षका नेता हुन्। प्रदेश २ मा नेकपाका ३२ प्रदेश सभा सदस्यमध्ये १९ जनाले मण्डलविरूद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई हटाएका हुन्।
नेकपाका संसदीय दलको नयाँ नेतामा शत्रुघ्न महतो चयन भएका छन्। उनी माधवकुमार नेपाल निकट हुन्।
गत शुक्रबार प्रचण्ड–नेपाल पक्षका सांसदले मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
२०७४ फागुन ३ गते भएको संसदीय दलको मतदानमा मण्डल विजयी हुँदै नेता चयन भएका थिए। मतदानमा मण्डलले १२ मत ल्याएका थिए। त्यस्तै, महतोले ८ मत ल्याएका थिए। १ मत भने बदर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।