काठमाडौं–बज्रलिंक मिडियाको प्रस्तुतिमा टेलिशृङखला ‘चार दुना नौ’ बन्ने भएको छ।
नेपाल टेलिभिजनबाट प्रत्येक बिहीबार साँझ ७ बजे प्रसारण हुने भनिएको कार्यक्रमलाई छेन्डुप लामाले निर्देशन गर्नेछन्।
रेशम बुढाथोकीको लेखन रहेको ‘चार दुना दुई’ मा कर्मा डी लामा, गणेश तामाङ र केइसाङ तामाङ रुम्वाको निर्माण रहनेछ।
टेलिशृङखलाले नेपालको पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्धेश्य राखेको छ। यस्तै, कोभिड–१९ का कारण थला परेको पर्यटनलाई केही हदसम्म ब्युँताउने निर्माण टोलीको आशा छ।
टेलिशृङखलामा राजाराम पौडेल, रविन्द्र झा, अजय शिवाकोटीलगायतको अभिनय रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।