काठमाडौं-सरकारले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपीकृष्ण न्यौपानेलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैंठकले न्यौपानेलाई उदयपुर सिमेन्टको महाप्रबन्धमा नियुक्त गरेको हो।
उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै सो पद रिक्त थियो। पौडेल २०७५ पुस २४ गते निगमको प्रबन्ध निर्देशक भएका थिए।
त्यसयता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग सचिव चन्द्रकुमार घिमिरेको तेतृत्वमा एक कमिटी गठन गर्दै सो पदमा पदपूर्तिका लागि आवेदन माग गरेको थियो। उक्त कमिटीले महाप्रबन्धक नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।
सोही आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई महाप्रबन्धक नियुक्त गरेको हो। न्यौपानेलाई ४ वर्षका लागि नियुक्त गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।