काठमाडौं–प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले व्यावसायिक सहजता सूचक (डुइङ बिजनेस इन्डेक्स)मा नेपालको स्थान सुधार गर्न थालिएका प्रयास र हालसम्म भएका कामको विवरण दिन सबै मन्त्रालयलाई निर्देशन दिएको छ। पुस १३ गते सबै मन्त्रालयलाई पत्र लेख्दै कार्यालयले १५ दिन भित्र विवरण पेश गर्न भनेको हो।
व्यावसायिक सहजता सूचकमा नेपालको स्थान माथि ल्याउन र सहज लगानी एवं व्यवसाय गर्ने वातावरण तयार गर्न मन्त्रिपरिषदको २०७६ असोज ३० गतेको बैठकले व्यवसाय सञ्चालनको सहज वातावरण तयार गर्ने संरचना बनाएको थियो। यहीअनुसार व्यावसायिक वातावरण प्रवर्द्धन समितिकाे बैठकले १५ दिनभित्र सबै निकायसँग विवरण माग गर्ने निर्णय गरेको हो।
व्यावसायिक वातावरण सुधारका लागि गर्नुपर्ने काम र उनीहरूले बनाएको कार्ययोजनाका विषयमा कार्यालयले विवरण माग गरेको हो। माघ ४ गते बस्ने समितिको बैठकले यसमा थप निर्णय गर्नेछ। डुइङ विजनेस इन्डेक्स २०२० मा नेपाल ९४ औँ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।