• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

वाटमोरमाथि चुनौतीको चाङ

64x64
सराेज तामाङ मंगलबार, पुस २१, २०७७  ०९:३८
1140x725

काठमाडौं- नेपालको एकदिवसीय मान्यताको निरन्तरता र टी २० विश्वकप खेलाउनु मुख्य प्रशिक्षक डेभ वाटमोरको लागि प्रमुख चुनौती छ। सीमित खेलाडीलाई लिएर टेस्ट मान्यताको सपना तिर लम्किनु उनको लागि सहज देखिँदैन। 

  • सन् २०१८ मार्च १५ मा नेपालले पाएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता २०२३ मा सकिँदै छ। एकदिवसीय मान्यतालाई निरन्तर राख्न वाटमोरसँग के छ योजना?
  • सन् २०१४ मा नेपालले विश्वकप खेलेको थियो तर त्यसपछि भने नेपालको सपना असफल हुँदै आएको छ। विश्वकपसम्म पुर्‍याउन उनको अस्त्र के हुने छ? वाटमोरले सामना गर्नु पर्ने यो मुख्य चुनौती हो।
  • नेपाली खेलाडीको विकास र अन्तर्राष्ट्रिय एक्सपोजरमा वाटमोरले के भूमिका खेल्ने छन्?

२०७६ जेठ १७ गते भारतीय प्रशिक्षक उमेश पटवाललाई मासिक ७ हजार डलर पारिश्रमिकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गर्‍यो। उनी नियुक्त हुनुभन्दा अघि नै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको थियो। त्यो बेला मुख्य प्रशिक्षक थिए, जगत टमाटा। पटवाल मुख्य प्रशिक्षक भएपछि नेपाली क्रिकेटले के कस्ता उपलब्धि पायो? नेपाली खेलाडीमा के सुधारहरु भए? नेपाल क्रिकेट संघ (क्यान) र राखेपले समीक्षा त पक्कै गरे होलान्।

तर नतिजाका हिसाबले मात्र होइन टिममा देखिनुपर्ने सुधार अपेक्षाकृत नहुँदा पटवाल नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा असफल भएकै हुन्। नियुक्त भएकै दिन पत्रकार सम्मेलनमा पटवालले भनेका थिए ‘मुख्य लक्ष्य अस्ट्रेलियामा हुने २०२० को टी २० विश्वकपमा पुग्नु हो। यो समयमा यहाँको क्रिकेट कल्चर परिवर्तन गर्न सकूँ।’

तर उनको भनाइ केवल बोलीमा मात्रै सीमित रह्यो। सन् २०१० मा पटवाल ब्याटिङ सहयोगीको रुपमा अफगानिस्तान टिममा थिए। त्यसपछि २०१४ को एसिया कप, टी-२० विश्वकप र २०१५ को विश्वकपमा अफगानिस्तानले खेल्दा पटवाल ब्याटिङ प्रशिक्षक थिए। पटवालले नेपालमा भने अफगानिस्तानमा जस्तो सफलता पाएनन्। उनी आफ्नै कारण असफल हुँदै गए। मुडी प्रशिक्षकको रुपमा परिचित पटवालले नेपाली क्रिकेटमा फरक गर्ने प्रयास गरे पनि उनको फरक कामले नतिजा देखिएन। उनको प्रयोगले टिमको संरचना अझ भत्कियो। 

ब्याटिङको क्रम ध्वस्तै देखियो भने उनकै कार्यकालमा विश्वकप छनोटमै पनि एसियाबाट नेपाल माथि उठ्न सकेन।

अब लामो समयपछि फेरि नेपालले अन्तर्राष्ट्रिय स्तरमा राम्रो छवि भएका प्रशिक्षक पाएको छ। डेभ वाटमोर क्रिकेटको दुनियाँमा नाम चलेका खेलाडी र प्रशिक्षक हुन्। तर नाम र छविले मात्रै उपलब्धी देखिने पनि होइन। नेपाली टिम र खेलाडीसँग तालमेल मिले पूर्वप्रशिक्षक पुबुदु दासानायकेले दिलाएको जस्तो सफलता मिल्न सक्छ पनि बेमेल भए पटवालकै गति।

वाटमोर नेपालीका लागि त्यतिबेला सफल सावित हुने छन्, जतिबेला नेपालले आइसिसी विश्वकप क्रिकेट लिग-टु बाट माथिल्लो खुड्किलोमा पाइला टेक्छ। २०२२ को टी २० विश्वकप मा प्रवेश गर्छ। तर यो कति सहज? नेपाले आउने विश्वकप क्रिकेटहरु खेल्नु कठीन छ। तर असम्भव भने छैन। नेपाली क्रिकेटसँग विश्वकप खेलेको अनुभव नभएको होइन। २०१४ को विश्वकप खेल्दै तीनमध्ये दुई राष्ट्रलाई पराजित गरेको इतिहास छँदै छ।

Ncell 2
Ncell 2
nimb
nimb

वाटमोरलाई अर्को चुनौती हो, एकदिवसीय मान्यतालाई निरन्तरता दिनु। नेपालले सन् २०१८ मार्च १५ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको थियो। चार वर्षको लागि पाएको मान्यता २०२२ मा सकिँदै थियो। तर गत मार्चदेखि कोरोना भाइरसको कारण क्रिकेट गतिविधि ठप्प भएपछि आइसिसीले एक वर्ष थप गरी नेपालको मान्यतालाई २०२३ सम्म लम्ब्याएको छ। यसले केही फाइदा पुगे पनि नेपाल दीर्घकालीन एकदिवसीय मान्यता पाउने लक्ष्यमा छ।

वाटमोरसँग नेपाली क्रिकेटले आश गर्ने भनेकै एकदिवसीय क्रिकेटको मान्यतालाई निरन्तर र विश्वकपमा प्रवेश नै मुख्य हो। जनवरीको दोस्रो साता नेपाल आउने तयारीमा वाटमोर छन्। ‘उहाँले हामीसँग जनवरी पहिलो सातापछि भन्नु भएको छ। उहाँ आउनु हुँदा अभ्यास गराउने हिसाबले नै एकै पटक आउने हो’, क्यान सचिव अशोकनाथ प्याकुरेल भन्छन्, ‘आइसकेपछि कति पारिश्रमिक र के कस्तो सेवासुविधाको बारेमा सम्झौता हुनेछ।’

सजिलो छैन वाटमोरलाई
अहिले पनि नेपाली क्रिकेटमा घरेलु संरचना ध्वस्त छ। घरेलु प्रतियोगिताको मुख्य जग मानिएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता नै कामचलाउ छ। विगतका दिनहरुमा पनि म्याटमै प्रधानमन्त्री कप आयोजाना गरिएको दुर्भाग्य हामीसँग छ। तल्लो तहदेखि नै खेलाडी उत्पादन नहुँदा राष्ट्रिय टिम तथा उमेर समूहमा निश्चित खेलाडी छन्। त्यही खेलाडीलाई लिएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु परेको अवस्था छ। करिब ५५-६० बाट राष्ट्रिय टिममा खेलाडी छान्नु परेको छ। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय स्तरमा वाटमोरले नेपाललाई कुन ठाउँमा पुर्‍याउलान्? स्थानीय तहदेखि खेलाडीको खोजी र खेलाडी उत्पादनमा उनको योगदान कस्तो रहने छ?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हेर्दा नेपाली राष्ट्रिय क्रिकेट टिम समुद्र जस्तै शान्त देखिन्छ। तर यहाँभित्र मतभेद र अदृश्य रुपमा विवाद छ नै।

भारतीय क्रिकेट टिममा पूर्वकप्तान मेहन्द्रसिंह धोनी र विरेन्द्र सेहवाग, सुनिल गावास्कर र कपिल देवको जस्तो देखिने गरि नेपाली टिममा विवाद छैन। तर वर्तमान भारतीय क्रिकेट टिममा कप्तान विराट कोहली र रोहित शर्माको जस्तो शित विवाद भने पक्कै हो। हेर्दा बाहिरबाट सबै ठीक लागे पनि टिमभित्र व्यक्तिगत कमजोरीहरु छन्। 

नेपाली क्रिकेट टिममा पनि गुटका कुराहरु बाहिर आइरहेका छन्। तर अहिले जसरी शान्त देखिएको छ यसरी गुटहरु अन्त्य भए नेपाली क्रिकेटको भलो हुनेछ। मुख्य प्रशिक्षक वाटमोरले पनि सबैलाई एकै नजरले हेरेर अघि बढे सफल हुनेछन्।

पुबुदु दासानायके नेपाली क्रिकेटमा सर्वाधिक सफल भएका प्रशिक्षक हुन्। डिभिजन फाइभदेखि यहाँसम्मको यात्रामा उनको योगदान कहिल्यै बिर्सन सकिँदैन। तर पनि उनीमाथि एउटा आरोप छ। चन्द्रमामा देखिएको दाग जस्तै।

विश्वकप नेपालले खेलेपछि खेलाडी मिलेर क्यानविरुद्ध लागेको। खेलाडीहरुलाई आफ्नो पक्षमा पारी क्यानलाई अप्ठ्यारोमा ल्याएको जस्ता आरोप पूर्वप्रशिक्षक पुबुदुले खेपिरहेका छन्। तत्कालिन कप्तान पारस खड्काको नेतृत्वमा क्यानविरुद्ध भ्रष्टाचार भएको भन्दै खेलाडीले युवा तथा खेलकुद मन्त्रालयमा लिखित उजुरी समेत दिएका थिए। त्यसलाई दासानायकेविरुद्ध प्रयोग गरियो। 

क्रिकेटमा वाटमोरको यात्रा
श्रीलंकालाई १९९६ मा प्रशिक्षकको रुपमा विश्वकप क्रिकेटको उपाधि जिताएका वाटमोर आफ्नो समयका उम्दा खेलाडी हुन्। राइट ह्यान्डेड ब्याट्सम्यान वाटमोरले अस्ट्रेलियाबाट सात टेस्ट, एक एकदिवसीय, १०८ फस्ट क्लास र २६ लिष्ट ए क्रिकेट खेलेका छन्।

२००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक भएर पनि काम गरे। बंगलादेशको क्रिकेटलाई विश्व जगतमा चिनाउन उनको भूमिका महत्वपूर्ण मानिन्छ। एक समय भारतीय क्रिकेट टिमको प्रशिक्षकको रुपमा चर्चा गरिएका वाटमोरले भारतको यु-१९ राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी पनि सम्हालेका छन्। २००८ मा विराट कोहलीको कप्तानीमा भारतले यु-१९ विश्वकपको उपाधि जित्दा प्रशिक्षकमा उनै वाटमोर थिए। त्यसका साथै भारतको राष्ट्रिय क्रिकेट एकेडेमीको डाइरेक्टर भएर पनि उनले काम गरे। यस्तै उनले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सको प्रशिक्षकको रुपमा पनि काम गरे।

उनी २०१२ मा पाकिस्तान राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बने। उनकै प्रशिक्षणमा पाकिस्तानले एसिया कपको उपाधि समेत जितेको थियो। उनी २०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षक भूमिकामा रहे।

पाकिस्तानपछि २०१४ को डिसेम्बरमा वाटमोर जिम्बाब्वेको प्रशिक्षक बने। जिम्बाब्वेसँग ९ महिनाको सम्झौता बाँकी रहँदै बर्खास्त भएका वाटमोर त्यसपछि २०१७ मा केरला क्रिकेट एसोसिएसनको मुख्य प्रशिक्षक बने। उनी २०२० को फेब्रुअरीमा सिंगापुर राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बने। उनले सिंगापुरलाई एसीसी टि-२० एसिया कपमा छनोट गराए।

वाटमोरले नेपाली खेलाडीहरुलाई यसअघि प्रशिक्षण दिइसकेका छन्। ब्याट एण्ड बल फाउण्डेसनले आयोजना गरेको हाई पर्फर्मेन्स क्याम्पमा ११ दिन नेपाली खेलाडीहरुलाई प्रशिक्षण दिएका थिए।

वाटमोर नेपाली क्रिकेट खेलाडीसँग परिचित नै छन्। विपक्षी टिमका प्रशिक्षक हुँदा होस् या अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाडीको प्रदर्शन। उनले नियालीरहेकै थिए। अनुभवि प्रशिक्षक र खेलाडीको युवा जोशसँग तालमेल मिले नेपालले ठूलो फड्को मार्न सक्छ। टेस्ट मान्यता पाउने एउटा खुड्किलो बन्न सक्छ। तर क्यान र खेलाडीसँग बेमेल भए उनी पनि पटवाल जसरी नै बाहिरिन सक्छन्।

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  ०९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्