काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ।
अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठक बसेको हो। बैठकमा समसामायिक राजनीतिक एजेण्डा, संसद विघटन र निर्वाचन घोषणा, ओली पक्षले लगाईरहेको आरोप र बाँकी रहेको पार्टी एकताका विषयमा छलफल हुने स्थायी कमिटी सदस्य वेदुराम भुसालले बताए।
आइतबारदेखि सुरु भएको स्थायी कमिटी बैठक आजै सोमबार सकिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।