काठमाडौं–क्यान्डी इन्टरटेनमेन्टले बजारमा ल्याएको ‘तोरी पेले तेल’ गीतको डान्स भिडियो कम्पिटिसन हुने भएको छ।
केही दिनअघि आएको उक्त गीतको कभर डान्स भिडियोमा सबैभन्दा उत्कृष्ट भिडियोले एक लाख ५० हजार नगद पुरस्कार पाउनेछन्। पुरस्कारका साथमा एक म्युजिक भिडियो खेल्ने मौकाको साथै विभिन्न गिफ्ट्ह्याम्परहरु पनि पाइने क्यान्डी इन्टरटेनमेन्टले जनाएको छ।
तोरी पेले तेलको अफिसियल भिडियोमा भने नायिका आँचल शर्मा र नायक नाजिर हुसेनलाई देख्न सकिन्छ ।
गीतमा प्रणय क्याण्डी श्रेष्ठ र अस्मिता अधिकारीको स्वर रहेको छ। त्यस्तै गीतको शब्द र संगीत दीपक श्रेष्ठको रहेको छ। अफिसियल भिडियोको निर्देशन निकेश खड्काले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।