उनीहरु दिल्ली हुदै मुम्बई पुग्ने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए। सीताको स्वास्थ्यमा समस्या आएपछि गत बिहीबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। उनलाई एक दिनमात्रै अस्पतालमा राखेर डिस्चार्ज गरिएको थियो। सीता लामो समयदेखि पार्किन्सससहित अन्य रोगबाट समेत पीडित छिन्।
नेकपाका श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड जीवनसंगिनी सीता दाहालकाे उपचारकाे सिलसिलामा छाेरीहरू रेनु दाहाल र गंगा दाहालसहित...
Posted by Bishnu Sapkota Jugal on Sunday, January 3, 2021
यसअघि उनको सिंगापुर र अमेरिकासमेत उपचार गरिएको थियो। सीताको उपचारको स्थितिलाई हेरेर मात्रै प्रचण्ड स्वदेश फर्किने प्रेस संयोजक सापकोटाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।