हुम्ला विमानस्थलमा हिउँले ढाकेको अवस्थामा विमान। तस्बिर सौजन्य : रोयलदन्त ठकुरी
काठमाडौं–हुम्लामा भारी हिमपात हुँदा उडान प्रभावित भएको छ। आइतबार साँझदेखि परेको हिमपातका कारण उडान बन्द भएको विमानस्थल प्रमुख विष्णु अधिकारीले जानकारी दिए।
हिमपातका कारण विमानस्थलमा रहेको तारा र समिट एयरका जहाजको उडान रोकिएको छ। उनका अनुसार उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिएका छन्।
मर्मतका लागि र पार्टपुर्जा बोकेर हुम्ला पु्गेका जहाजसमेत हिउँका कारणा रोकिएका छन्।
हिउँले विमानस्थलमा रहेका जहाजलाई ढाकेको छ भने वरपरका डाँडासमेत सेताम्ये भएका छन्।











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।