काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि आज मुम्बई लगिने भएको छ। उनलाई आज ११ बजे दिल्ली लैजान लागिएको हो। उनको साथमा अध्यक्ष दाहाल र छोरी गंगा पनि जाँदैछन्।
सीताको स्वास्थ्यमा समस्या आएपछि गत बिहीबार ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको थियो। उनलाई एक दिनमात्रै अस्पतालमा राखेर डिस्चार्ज गरिएको थियो।
सीता लामो समयदेखि पार्किन्सससहित अन्य रोगबाट समेत पीडित छिन्। यसअघि उनको सिंगापुर र अमेरिकासमेत उपचार गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।