काठमाडौं–नीति अनुसन्धान प्रतिष्ठानले अनुसन्धानकर्ता तथा विश्लेषक अधिकृतहरुको पदपूर्तिका लागि आवेदन आव्हान गरेको छ। प्रतिष्ठानले माघ ११ गतेको अन्तिम मिति राखेर दरखास्त आव्हान गरेको हो।
आर्थिक मामिला, सामाजिक, राजनीतिक तथा कानुनी मामिला र राष्ट्रिय हित, परराष्ट्र नीति तथा सामरिक मामिलामा वरिष्ठ अनुसन्धानकर्ता माग गरिएको छ भने विभिन्न ४ पदमा सहअनुसन्धानकर्ता माग गरिएको छ। यस्तै, ४ जना विश्लेषक माग गरिएको छ।
अनुसन्धानकर्ताका लागि विद्यावारिधी तथा अन्य पदका लागि स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्ने योग्यता तोकिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।