• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १, २०८३ Thu, Sep 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

वैदेशिक रोजगारीमा आकर्षक गन्तव्यको खोजी : यूरोपका ३ मुलुकसँग सम्झौताको तयारी

64x64
निर्मला घिमिरे सोमबार, पुस २०, २०७७  १४:१०
1140x725

काठमाडौं– ५ वर्षभित्रमा बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको सरकारले काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुकहरुको खोजी सुरु गरेको छ। 

उच्च आयआर्जन गर्न सकिने मुलुकहरुसँग श्रम सम्झौता गरेर नेपाली श्रमिकहरु पठाउन सरकारले पहल सुरु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।  सरकारले युरोपका उच्च आय हुने मुलुकहरु पोल्याण्ड,रोमानिया तथा सेसेल्ससँग श्रम सम्झौताको तयारी गरेको हो। 

‘हामीले नेपाली श्रमिकहरुको आयआर्जन राम्रो हुने युरोपका मुलुकहरुसँग श्रम सम्झौताको तयारी थालेका छौँ। आयआर्जनका हिसाबले उपयुक्त मुलुकहरु पोल्याण्ड, रोमानिया, सेसेल्ससँग श्रम सम्झौताको कुरा अगाडि बढेको छ,’ श्रम मन्त्रालयका सचिव तोयम रायाले नेपाल लाइभसँग भने। 

यी मुलुकहरुसँगै टर्की, पोर्चुगल लगायत अन्य युरोपियन मुलुकहरुसँग समेत श्रम सम्झौता गर्न मन्त्रालयको जोड छ। 

युरोप काम र कमाइका हिसाबले नेपाली श्रमिकहरुका लागि आकर्षक गन्तव्य बन्दै आएको छ। तर नेपालबाट युरोप छिर्ने सहज वातावरण भने छैन। सहज रुपमा युरोप छिर्न नपाएपछि नेपाली युवाहरु अवैध रुट तथा प्रकृयामार्फत छिर्न बाध्य छन्। भारत हुँदै तथा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमार्फत पनि भिजिट भिसा बनाएर अधिकांश नेपाली युवाहरु युरोप छिर्ने गरेका छन्। यसरी युरोप छिरेकाहरूमध्ये कतिपय राम्रो काम तथा कमाइ गरिरहेका छन्। यसरी युरोप छिर्ने सपना बोकेका ठूलो संख्यामा युवाहरु मानव तस्करको पन्जामा समेत पर्ने गरेका छन्। 

कतिपयलाई मानवतस्करहरुले बाटैमा अलपत्र पार्ने गरेका घटनाहरु बढ्दै गइरहेका छन्। केहीलाई युरोप पुर्याएर पनि तस्करहरुले दुःख दिने गरेका छन्। तर पनि नेपाली युवाहरुमा युरोप मोह रोकिएको छैन। उनीहरु ज्यानै जोखिममा राखेर यूरोप छिर्न बाध्य छन्। 

केही समयअघि मात्रै सार्वजनिक भएको नेदरल्याण्डस्थित ट्रेड युनियनको अध्ययन प्रतिवेदनलेसमेत ज्यानै माया मारेर युरोप छिर्ने नेपालीहरुको दर्दनाक अवस्था चित्रित गरेको छ। उक्त अध्ययनले चर्को शुल्क तिरेर नेपाली श्रमिकहरु युरोप छिर्न बाध्य रहेको देखाएको छ। जस्तै सरकारले पोल्याण्डका लागि ८० हजार ४ सय शुल्क तोके पनि नेपाली श्रमिकहरुले ८ लाखदेखि १२ लाखसम्म बुझाएर जान बाध्य रहेको अध्ययनले देखाएको छ। 

यसरी ज्यानै धरापमा राखेर युरोप छिर्नेहरु पोल्याण्ड, पोर्चुगल, रोमानिया, सेसेल्स, टर्की, माल्टा, फ्रान्स, स्पेन, जर्मनीलगायत विभिन्न युरोपेली मुलुकहरुमा ठूलो संख्यामा रहेको विभिन्न अध्ययनले देखाएको छ। भिजिट भिसा तथा विभिन्न अवैध प्रकृयामार्फत् युरोप छिरेका नेपालीहरु अस्थायी आवासीय अनुमति तथा कार्य अनुमति (वर्क पर्मिट) लिएर बसेका छन्। कतिपयले स्थायी आवासीय अनुमति प्राप्त गरेका छन्। युरोपमा कति नेपालीहरु शरणार्थीको रुपमा समेत रहेका छन्। तर युरोपमा कति नेपाली कस्तो अवस्थामा छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन।  

Ncell 2
Ncell 2
nimb
nimb

वैदेशिक रोजगार विभागकाअनुसार ४० लाखभन्दा बढी नेपालीहरु कामको खोजिमा विदेशीएका छन्। कामको खोजिमा विदेशीएका मध्ये ८० प्रतिशत श्रमिकहरु मलेसिया तथा खाडीका मुलुकमा पुगेका छन्। मलेसिया तथा खाडीका मुलुकहरुमा नेपालीहरुको आयस्तर निकै न्यून छ। खाडीमा निमार्ण, उद्योग तथा घरायसी काम गर्दा मुस्किलले ३० हजार कमाइ गर्ने नेपालीहरुले युरोपमा त्यहि काम गर्दा १ लाखभन्दा बढी कमाइ गर्छन् तर पनि युरोप जाने सहज वातावरण नहुँदा युवाहरु खाडी जान बाध्य छन्। युरोपमा पुग्ने नेपालीहरुको संख्या ज्यादै न्यून छ। 

युरोपमा सीपयुक्त कामदारको माग 
खास गरी युरोपका औद्योगिक क्षेत्र, पानीजहाज, व्यापार, कृषि, मत्स्यपालन, पर्यटन, होटल, रेस्टुराँ, घरायसीलगायत विभिन्न क्षेत्रमा कामदारको माग बढी देखिन्छ। यी क्षेत्रहरुमा विशेष गरी सीपयुक्त जनशक्तिको माग छ। सीपयुक्त कामदारलाई सोहीअनुसारको आकर्षक पारिश्रमिक तथा सेवासुविधासमेत व्यवस्था हुन्छ। तर नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाहरु अधिकांश अदक्ष छन्। वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७५/०७६ मा ५ लाख ८ हजार ८ सय २७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा २ लाख ८५ हजार ४ सय ४५ श्रमिकहरु अदक्ष छन्।

सीपयुक्त १ लााख ७९ हजार ६ सय १ जना छन् भने ४२ हजार ७ सय ८४ अर्धदक्ष श्रमिकहरु वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगारीमा जाने उच्च दक्ष श्रमिकको संख्या २ सय १० मात्रै छ। सोही वर्ष व्यवसायिक कामका लागि ७ सय ८७ युवाहरु विदेशीएका छन्। 

सीपयुक्त जनशक्ति विकासका लागि के गर्दैछ सरकार? 
युरोपका अधिकांश मुलुक तथा अन्य जुनसुकै मुलुकहरुमा पनि सीपयुक्त जनशक्तिको माग बढ्दो छ। सीप भएकालाई पारिश्रमिक तथा सेवासुविधा पनि सोहीअनुसारको हुन्छ। आफूसँग सीप छ भने कामदार कतै गएर अलमल पर्नुपर्ने अवस्था पनि आउँदैन। सोही कुरालाई मध्यनजर गर्दै सरकारले सुरक्षित वैदेशिक रोजगारीमा जोड दिएको जनाएको छ। अब सरकारले सीपयुक्त जनशक्ति विकास गरी उच्च आयआर्जन हुने देशमा कामदार पठाउने तयारी थालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारीको खोजी गरिरहेको सरकारले युरोपमा सीपयुक्त जनशक्ति पठाउनका लागि सीप विकास केन्द्र स्थापना गर्ने तयारी गरिरहेको मन्त्रालयका सचिव तोयम राया बताउँछन्। 

‘सीपयुक्त जनशक्तिको विकासका लागि ७ वटै प्रदेशमा सीप विकास केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ,’ सचिव रायाले भने।

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
केही प्रदेशमा मेघगर्जनसहित वर्षा हुने बिहीबार, असोज १, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बिहीबार, असोज १, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक बुधबार, भदौ ३१, २०८३
रविको सहमति बिना उद्योगमन्त्री बनेका हुन् दीपक साह? बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
गृह मन्त्रालयको क्षेत्राधिकार खुम्च्याउँदै प्रधानमन्त्री कार्यालयमा लगियो गुप्तचर विभाग, राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण बुधबार, भदौ ३१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, भदौ ३१, २०८३
शिवपुरीको धाप ड्याम फुट्न नदिन अस्थायी रोकथाम बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्