• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

वैदेशिक रोजगारीमा आकर्षक गन्तव्यको खोजी : यूरोपका ३ मुलुकसँग सम्झौताको तयारी

64x64
निर्मला घिमिरे सोमबार, पुस २०, २०७७  १४:१०
1140x725

काठमाडौं– ५ वर्षभित्रमा बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको सरकारले काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुकहरुको खोजी सुरु गरेको छ। 

उच्च आयआर्जन गर्न सकिने मुलुकहरुसँग श्रम सम्झौता गरेर नेपाली श्रमिकहरु पठाउन सरकारले पहल सुरु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।  सरकारले युरोपका उच्च आय हुने मुलुकहरु पोल्याण्ड,रोमानिया तथा सेसेल्ससँग श्रम सम्झौताको तयारी गरेको हो। 

‘हामीले नेपाली श्रमिकहरुको आयआर्जन राम्रो हुने युरोपका मुलुकहरुसँग श्रम सम्झौताको तयारी थालेका छौँ। आयआर्जनका हिसाबले उपयुक्त मुलुकहरु पोल्याण्ड, रोमानिया, सेसेल्ससँग श्रम सम्झौताको कुरा अगाडि बढेको छ,’ श्रम मन्त्रालयका सचिव तोयम रायाले नेपाल लाइभसँग भने। 

यी मुलुकहरुसँगै टर्की, पोर्चुगल लगायत अन्य युरोपियन मुलुकहरुसँग समेत श्रम सम्झौता गर्न मन्त्रालयको जोड छ। 

युरोप काम र कमाइका हिसाबले नेपाली श्रमिकहरुका लागि आकर्षक गन्तव्य बन्दै आएको छ। तर नेपालबाट युरोप छिर्ने सहज वातावरण भने छैन। सहज रुपमा युरोप छिर्न नपाएपछि नेपाली युवाहरु अवैध रुट तथा प्रकृयामार्फत छिर्न बाध्य छन्। भारत हुँदै तथा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमार्फत पनि भिजिट भिसा बनाएर अधिकांश नेपाली युवाहरु युरोप छिर्ने गरेका छन्। यसरी युरोप छिरेकाहरूमध्ये कतिपय राम्रो काम तथा कमाइ गरिरहेका छन्। यसरी युरोप छिर्ने सपना बोकेका ठूलो संख्यामा युवाहरु मानव तस्करको पन्जामा समेत पर्ने गरेका छन्। 

कतिपयलाई मानवतस्करहरुले बाटैमा अलपत्र पार्ने गरेका घटनाहरु बढ्दै गइरहेका छन्। केहीलाई युरोप पुर्याएर पनि तस्करहरुले दुःख दिने गरेका छन्। तर पनि नेपाली युवाहरुमा युरोप मोह रोकिएको छैन। उनीहरु ज्यानै जोखिममा राखेर यूरोप छिर्न बाध्य छन्। 

केही समयअघि मात्रै सार्वजनिक भएको नेदरल्याण्डस्थित ट्रेड युनियनको अध्ययन प्रतिवेदनलेसमेत ज्यानै माया मारेर युरोप छिर्ने नेपालीहरुको दर्दनाक अवस्था चित्रित गरेको छ। उक्त अध्ययनले चर्को शुल्क तिरेर नेपाली श्रमिकहरु युरोप छिर्न बाध्य रहेको देखाएको छ। जस्तै सरकारले पोल्याण्डका लागि ८० हजार ४ सय शुल्क तोके पनि नेपाली श्रमिकहरुले ८ लाखदेखि १२ लाखसम्म बुझाएर जान बाध्य रहेको अध्ययनले देखाएको छ। 

यसरी ज्यानै धरापमा राखेर युरोप छिर्नेहरु पोल्याण्ड, पोर्चुगल, रोमानिया, सेसेल्स, टर्की, माल्टा, फ्रान्स, स्पेन, जर्मनीलगायत विभिन्न युरोपेली मुलुकहरुमा ठूलो संख्यामा रहेको विभिन्न अध्ययनले देखाएको छ। भिजिट भिसा तथा विभिन्न अवैध प्रकृयामार्फत् युरोप छिरेका नेपालीहरु अस्थायी आवासीय अनुमति तथा कार्य अनुमति (वर्क पर्मिट) लिएर बसेका छन्। कतिपयले स्थायी आवासीय अनुमति प्राप्त गरेका छन्। युरोपमा कति नेपालीहरु शरणार्थीको रुपमा समेत रहेका छन्। तर युरोपमा कति नेपाली कस्तो अवस्थामा छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन।  

Ncell 2
Ncell 2

वैदेशिक रोजगार विभागकाअनुसार ४० लाखभन्दा बढी नेपालीहरु कामको खोजिमा विदेशीएका छन्। कामको खोजिमा विदेशीएका मध्ये ८० प्रतिशत श्रमिकहरु मलेसिया तथा खाडीका मुलुकमा पुगेका छन्। मलेसिया तथा खाडीका मुलुकहरुमा नेपालीहरुको आयस्तर निकै न्यून छ। खाडीमा निमार्ण, उद्योग तथा घरायसी काम गर्दा मुस्किलले ३० हजार कमाइ गर्ने नेपालीहरुले युरोपमा त्यहि काम गर्दा १ लाखभन्दा बढी कमाइ गर्छन् तर पनि युरोप जाने सहज वातावरण नहुँदा युवाहरु खाडी जान बाध्य छन्। युरोपमा पुग्ने नेपालीहरुको संख्या ज्यादै न्यून छ। 

युरोपमा सीपयुक्त कामदारको माग 
खास गरी युरोपका औद्योगिक क्षेत्र, पानीजहाज, व्यापार, कृषि, मत्स्यपालन, पर्यटन, होटल, रेस्टुराँ, घरायसीलगायत विभिन्न क्षेत्रमा कामदारको माग बढी देखिन्छ। यी क्षेत्रहरुमा विशेष गरी सीपयुक्त जनशक्तिको माग छ। सीपयुक्त कामदारलाई सोहीअनुसारको आकर्षक पारिश्रमिक तथा सेवासुविधासमेत व्यवस्था हुन्छ। तर नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाहरु अधिकांश अदक्ष छन्। वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७५/०७६ मा ५ लाख ८ हजार ८ सय २७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा २ लाख ८५ हजार ४ सय ४५ श्रमिकहरु अदक्ष छन्।

सीपयुक्त १ लााख ७९ हजार ६ सय १ जना छन् भने ४२ हजार ७ सय ८४ अर्धदक्ष श्रमिकहरु वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगारीमा जाने उच्च दक्ष श्रमिकको संख्या २ सय १० मात्रै छ। सोही वर्ष व्यवसायिक कामका लागि ७ सय ८७ युवाहरु विदेशीएका छन्। 

सीपयुक्त जनशक्ति विकासका लागि के गर्दैछ सरकार? 
युरोपका अधिकांश मुलुक तथा अन्य जुनसुकै मुलुकहरुमा पनि सीपयुक्त जनशक्तिको माग बढ्दो छ। सीप भएकालाई पारिश्रमिक तथा सेवासुविधा पनि सोहीअनुसारको हुन्छ। आफूसँग सीप छ भने कामदार कतै गएर अलमल पर्नुपर्ने अवस्था पनि आउँदैन। सोही कुरालाई मध्यनजर गर्दै सरकारले सुरक्षित वैदेशिक रोजगारीमा जोड दिएको जनाएको छ। अब सरकारले सीपयुक्त जनशक्ति विकास गरी उच्च आयआर्जन हुने देशमा कामदार पठाउने तयारी थालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारीको खोजी गरिरहेको सरकारले युरोपमा सीपयुक्त जनशक्ति पठाउनका लागि सीप विकास केन्द्र स्थापना गर्ने तयारी गरिरहेको मन्त्रालयका सचिव तोयम राया बताउँछन्। 

‘सीपयुक्त जनशक्तिको विकासका लागि ७ वटै प्रदेशमा सीप विकास केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ,’ सचिव रायाले भने।

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदीका समकक्षी मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद वि... सोमबार, माघ १२, २०८२
सरकारी विज्ञापनको भुक्तानीमा तेस्रो पक्षको बिल अनिवार्य पेश गर्न निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार (मंसिर ७) मा प्रधानमन्त्री कार्यालयलाई पत्र पठाउँदै सरकारी विज्ञापनमा हुने अनियमितता नियन्... सोमबार, मंसिर ८, २०८२
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए केन्द्रका अनुसार म्याग्दीको दुई हजार ७५० हेक्टर क्षेत्रमा वार्षिक तीन हजार ३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ। समुद्री सतहदेखि तीन हज... आइतबार, कात्तिक ३०, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
काँग्रेसले मात्रै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको विश्वप्रकाश शर्माको दाबी बिहीबार, माघ १५, २०८२
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल बिहीबार, माघ १५, २०८२
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्