काठमाडौं- सिटिजन्स बैंकले उद्यमशीलता विकासका लागि सहुलियतपुर्ण कर्जा प्रदान गर्ने भएको छ। बैंकले नयाँ सोच र विचार भएका युवालाई कर्जा दिन विभिन्न स्किम ल्याएको हो।
नयाँ सोच र विचारका साथ विभिन्न योजना बनाउने युवाहरुलाई नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर कर्जा दिने भएको हो।
बैंकले युवाहरुलाई मोटिभेट गर्ने उद्देश्यले तयार पारेको एक भिडियो सामग्रीमार्फत् नयाँ सोच तथा सपना बोकेका नेपाली उद्यमशील युवालाई साथ दिने जनाएको छ। भिडियोमा व्यवसायिक कन्सेप्ट भएका युवालाई कर्जा दिन सकिने सन्देश रहेको छ।
उच्च व्यवसायिक तथा अनुभवी टिमद्वारा व्यवस्थित यस बैंकको मुलुकभर १११ वटा शाखा सञ्जाल तथा ९९ वटा एटिएमहरूमार्फत् बैंकिङ सुविधा प्रदान गर्दै आएको छ। बैंकले नवीन समाधानहरुमार्फत् आफ्ना सेवाग्राहीका अपेक्षा तथा वित्तीय आवश्यकताहरु पूरा गर्न प्रतिबद्ध जनाएको छ। सेवाग्राही केन्द्रीत सेवा र सुविधाहरु उपलब्ध गराउन बैंक तत्पर रहेको बैंकले प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।